०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाको आयोजनामा बजार सरसफाई कार्यक्रम अभियान

Logo
सागर रोका प्रकाशित शुक्रबार, आषाढ २०, २०८२

 

दाङ । विजौरी बजारमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै पसल अगाडी आफै सरसफाई गर्नुहोला भन्दै माइकिङ समेत गरिएको थियो।

भने उक्त सरसफाईमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर-१९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गर्नु भएको थियो ।

यो समयमा  अत्याधिक रुपमा डेंगु रोग लाग्ने भएकाले आ-आफ्नो पसलको वरिपरि तथा घरअगाडी सफा वनाउन समेत आग्रह गर्नुभएको थियो । त्यस्तै गरेर हेमन्तपुर प्रहरी चौकीका ईन्चार्ज सैई भरत वली लगाएत टोल सुधार समिति,मिलिजुली टोल विकास समिति,माल विजौरी, व्यावसायी लगाएतको टोली सहभागी रहेको थियो ।

भने आजभोलि बजारमा अत्याधिक फोहर भएकोले र वर्षायाम पनि आएकोले वर्षायामको समयमा लाग्ने रोगबाट बच्नका लागि यो सचेतनामूलक सरसफाई कार्यक्रम अभियान चलाएको नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखा का सचिव मुकेश वलीले जानकारी दिनु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!