०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

मन्त्रालयबाट हराएको स्कारपियाे गाडी पत्राचार गरको एक दिनमै भेटियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ २०, २०८२

 

काठमाडौं । रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हराएको महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्रालयले गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै भेटिएको हो ।

गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडि भेटिए पनि तर, के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी आफुलाई नभएको श्रम मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव डण्डुराज घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

श्रम मन्त्रालयले हराइरहेको उक्त गाडी खोजी गरिदिनका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।

गृह मन्त्रालयले असार १५ गते पत्राचार गरेकोमा त्यसको एक दिनमा नै गाडी भेटिएको जानकारी आफुलाई आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक ‍‍‌(एसपी) दिपक गिरीले नेपाल प्रेससँग बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!