०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जसपा नेपालका अध्यक्ष अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा १ हजारभन्दा बढी प्रहरी तैनाथ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २१, २०८२

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादवलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि पक्राउ गर्न सर्लाही प्रहरीले जिल्लाका सम्पूर्ण युनिटलाई पूर्ण तयारी अवस्थामा राखेको छ। जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी गराएका छन्।

प्रहरीले नेता यादवको मोबाइलको ट्रेकिङ गरिरहेको तथा केन्द्रसित मोबाइलको लोकेसन पत्ता लगाउने काममा समन्वय भइरहेको डिएसपी राईले जानकारी गराएका छन्।

जिल्लाको विभिन्न युनिटबाट प्रहरी ल्याएर जिल्ला प्रहरी कार्यालयमा पूर्ण तयारी अवस्थामा रहेको र प्रहरीले सबैतिर निगरानी बढाएको बताउँदै डिएसपी राईले नेता यादवलाई पक्राउ गर्ने जानकारी गराए।

नेता यादव र सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबिच बिहीबार राति गालीगलौज भएको अडियो सार्वजनिक भइसकेको छ। गालीगलौजको घटनापछि बिहीबार राति नेता यादवलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार भएको थियो। नेता यादवका मानिसहरूले प्रहरीको गाडीमाथि आक्रमण गरी तोडफोड गरेको, प्रहरीको काम कारबाहीमा अवरोध सिर्जना गरेको र सार्वजनिक बाटो रोकेको आरोप प्रहरीले यादवमाथि लगाएको छ।

सरकारी गाडी, सम्पत्ति तोडफोड गरेको र सरकारी कामकाजमा बाटो रोकेर बाधा व्यवधान सिर्जना गरेको आरोप नेता यादवमाथि रहेको छ। प्रहरी प्रतिवेदनको आधारमा पक्राउ पुर्जी जारी भएको भएको बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!