०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

शनिबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ २१, २०८२

मेष : दिन राम्रो छ। काम सफल बन्नेछ। व्यापारमा फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ।

वृष : दिन सामान्य छ। बोलीको प्रभावले काम बन्ने छ। सञ्चित धन खर्च हुनेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा गढबढी हुनेछ। बौद्धिक व्यक्तिसँग तर्क नगर्नु राम्रो हुन्छ।

मिथुन : आफ्नै बोलीले आफू अप्ठेरोमा पर्ने जोखिम रहेको छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्ने छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारमा कम बोलेर काम धेरै गर्नु राम्रो हुनेछ।

कर्कट : राजनीतिक क्षेत्रमा लगानी गर्ने समय आएको छ। परिवारका कारणले मनमा चिन्ता बढ्नेछ। सानो कुराले मन तरंगित हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ।

सिंह : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा सोचेजस्तो नतिजा प्राप्त नहुने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्यले साथ दिनेछ। दाम्पत्य जीवनमा मनमुटाव हुनेछ। थोरै बोलेर काम धेरै गर्नुपर्ने समय छ।

तुला : दिन राम्रो छ। उदयमान चन्द्रमा तपाईंको राशिमा पुगेकाले महत्त्वपूर्ण काम बन्नेछ। सभामा बोल्दा तपाईंको प्रशंसा हुनेछ। शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने समय छ।

वृश्चिक : १२ औं चन्द्रमा भएकाले सञ्चित धन खर्च हुनेछ। सानो कुराले मन तरंगित हुनेछ। अभिभावकको सल्लाहमा मात्र अगाडि बढ्नु उचित हुन्छ। शिक्षा र स्वास्थ्यले साथ दिँदा मनमा सन्तुष्टि प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी बौद्धिक भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। साझेदारीमा मात्र लगानी गर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

मकर : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने छ। जागिरे हुनुहुन्छ भने पदोन्नती हुनेछ। गुरुको साथ र सहयोग प्राप्त हुनेछ। विपक्षी साथीसँग सचेत बन्नुपर्ने दिन छ।

कुम्भ : दिन राम्रो छ। धार्मिक क्षेत्रको भ्रमण हुनेछ। आफन्तसँगको भेटले नयाँ योजना बन्ने छ। शिक्षाका क्षेत्रमा अल्छीपनले दुःख दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

मीन : दिन सामान्य छ। मध्य साढेसाती दशा भएकाले बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारले दिएको सुझाव अनुसार अगाडि बढे सफलता मिल्नेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!