०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नुवाकोटको टोखा-छहरे सडक खण्डमा पहिरो कारमा खस्दा क्षति,एकजना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २१, २०८२

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ गेरगाउँ स्थित टोखा-छहरे सडकखण्डमा पहिरो खस्दा एक गाडीमा क्षति पुगेको छ भने एक जना यात्री घाइते भएका छन्।

शनिबार बिहान ९:१० बजे काठमाडौँबाट दुप्चेश्वर मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-००१ च ३७७३ नम्बरको कारमा माथिबाट अचानक पहिरो खसेको हो।

उक्त कारमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका-७ निवासी करिब ४५ वर्षीय श्यामकृष्ण श्रेष्ठको हात र काँधमा चोट लागेर सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनलाई तत्काल स्थानीय छहरे मेडिकलमा उपचारका लागि पठाइएको छ।

घटनामा कारमा क्षति पुगेको छ भने पहिरोले सडक अबरुद्ध बनाएको थियो। अहिले बाटो एकतर्फी रूपमा सञ्‍चालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!