२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्जमा मोहर्रमको सुरक्षामा खटिए बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगर

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २१, २०८२

बाँके । नेपालगञ्जको विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्था बारे जानकारी लिने गरेका छन् । इस्लाम धर्मावलम्वीले दश दिनसम्म मनाउने मोहर्रम पर्वलाई लक्षित गरि उनी रातको समयमा नेपालगञ्जका विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्थाको जानकारी लिने गरेका हुन् ।

इस्लाम धर्मावलम्वीले मोहर्रमको अवसरमा रातको समयमा इस्लाम धर्मका प्रवर्तक हजरत इमाम हुसैनको नाममा जुलुसहरू निस्कने गरेका छन् । ‘मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मी परिचालन भएका छन् । ति सुरक्षाकर्मीले सुरक्षा ब्यवस्था कसरी मिलाएका छन् ? र थप सशक्त बनाउन रातको समयमा आफै खटिएको छु,’ एसपी घर्तीमगरले भने ।

आइतबार दिउँसो अन्तिम जुलुसका साथ समापन हुने सो पर्वलाई शान्तिपूर्वक सम्पन्न गराउन नेपालगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उनले मोहर्मलाई लक्षित गरि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको बताए । ‘रातको समयमा अवाञ्छित गतिविधि नहोस भन्ने उद्देश्यले करिव चार सय सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी घर्तीमगरले जानकारी दिए ।

एसपी घर्तीमगरसँगै सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनाल पनि रातको समयमा नेपालगञ्जमा खटिने गरेका छन् । नेपालगञ्जमा परिचालन भएका सशस्त्र प्रहरीहरुले सुरक्षा ब्यवस्था कसरी मिलाइरहेका छन् भन्ने जानकारी लिन रातको समयमा समेत नगरमा खटिदै आएको छु,’ उनले भने ।

मुस्लिम धर्मावलम्बीको महान पर्व मोहर्रमको आज आठौं दिन पनि ऐतिहासिक जुलुस निस्कने भएका छन् । नगरका विभिन्न स्थानबाट जुलुश निस्केर नगरको परिक्रमा गरिने भएको छ ।

अवाञ्छित गतिविधि हुन नदिन वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अरुण बम पनि दिन–रात खटिँदै आएका छन् । उनले भने, ‘मोहर्रमलाई ब्यवस्थित बनाउने हाम्रो दायित्व भएकोले दिनरात नभनी खटिएका छौँ,’ उनले भने ।

मोहर्रमलाई सभ्य र भब्य बनाउन सक्दो सहयोग गरिरहेको धम्बोजी मोहर्रम समितिका अध्यक्ष मेराज अहमद हल्वाई (हिमालय) ले जानकारी दिए । उनले भने, ‘आपसी भाइचार, प्रेम र सद्भावले नेपालगञ्जलाई सद्भावको सहरको रुपमा चिनाउने गरेको छ । अन्य पर्व जस्तै मोहर्रमलाई पनि सभ्य, भब्य र ब्यवस्थित बनाउन हाम्रो पूर्ण साथ र सहयोग रहने छ ।’

मोहर्रमलाई ब्यवस्थित, मर्यादित र शान्त बनाउन बाँकेका प्रहरी प्रमुख एसपी घर्तीमगर र सशस्त्र प्रहरीका एसपी शोभाकान्त खनाल फिल्डमा खटिएको बताउँदै उनले उक्त कार्यको प्रशंसा गरे । ‘शुक्रबार राती भएको जुलुस कार्यक्रममा एसपी घर्तीमगर आफै खटिएर सुरक्षा ब्यवस्था मिलाउनु भयो । यो एकदमै सकारात्मक पक्ष हो,’ उनले भने ।

मोहर्रमलाई ब्यवस्थित बनाउने विषयमा बाँकेका विभिन्न धर्मका अगुवाहरुले प्रतिवद्धता जनाएका छन् । विभिन्न धर्मका अगुवाले मोहर्रम पर्वलाई सभ्य र भब्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मोहर्रम पर्बका अवसरमा नेपालगञ्जमा ड्रोन क्यामेरा मार्फत निगरानी भइरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए । उनले नेपालगञ्जमा भइरहेका हरेक गतिविधिको ड्रोन क्यामेरा मार्फत प्रहरीले निरीक्षण गरिरहेको बताए । ‘सम्वेदनशिल क्षेत्रको पहिचान गरि सुरक्षाकर्मी परिचालन गरिएको छ नै प्रहरीले ड्रोन क्यामेरा मार्फत निगरानी गरिरहेको छ,’ उनले भने, ‘कुनै गलत क्रियाकलाप भएको पाइए तत्काल नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउँछौँ ।’

इस्लामिक नयाँ वर्ष हिजरी संवतको १ देखि १० तारिखसम्म मोहर्रम मनाउने गरिन्छ । ‘मोहर्रमका अवसरमा इस्लाम धर्मावलम्वीले ९ तारीखका दिन ताजिया स्थापना गरिन्छ । ‘स्थापना गरिएका ताजियाको समेत ड्रोन क्यामेराले निगरानी गरिने छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!