०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पत्रकारको सहयोगमा ५ पुस्तादेखि नागरिकता बिहिन परिवारलाई न्याय : १२ वर्षको संघर्षपछि नागरिकता मिल्यो

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आषाढ २२, २०८२

दैलेख । आठबीस नगरपालिका–७ निवासी देविराम तिमिल्सिना परिवारमा १२ वर्षको लामो संघर्षपछि नागरिकता बन्ने भएको छ। पाँच पुस्तादेखि नागरिकता विहिन अवस्थामा बस्दै आएका तिमिल्सिना र उहाँका परिवारमा अहिले हर्ष र आशाका भावनाले मन भरिएको छ।

देविराम तिमिल्सिनाका बुवा र एक सुनार समुदायकी महिलाबीच विवाह भएको कारणले गर्दा उहाँको परिवारलाई नागरिकता लिन कठिनाइ भएको थियो। जातीय विबेध, सामाजिक विभाजन र प्रशासनिक झन्झटका कारण तिमिल्सिना परिवारका ११ सदस्य र उहाँका भाइका ३ सदस्यलाई नागरिकता नपाई वर्षौंसम्म राज्यको सेवा-सुविधाबाट वञ्चित रहनुपरेको थियो।

न त छोराछोरीले पढ्न पाएका थिए, न त परिवारले उपचार वा अन्य सरकारी सुविधा। १२ वर्षसम्म पीडा भोगेको यो परिवारले अन्ततः नागरिकताको उज्यालो देख्न पाएको छ।

यो सम्भव भएको छ—ABP क्राइम मिडियाका सञ्चालक आशिष मल्ल ,DBC khaber कि दिक्षा बुढा क्षेत्री र वडा अध्यक्ष जैसिंन कठायत सचिब राधा बजगाई र समाजसेबि डिल्लि प्रसाद उपाध्याय लगायत उनको टिमको सहयोग निरन्तर प्रयासबाट। मल्लको टिमले यस विषयलाई मिडियामा ल्याई दबाब सिर्जना गरेपछि सम्बन्धित निकायले सकारात्मक चासो देखाउँदै नागरिकता प्रक्रियालाई अघि बढाएको हो।

देशका दूरदराजमा नागरिकता नपाएर पीडित बनेका आवाजलाई उठाउने क्रम मल्लको टिमले जारी राखेको छ। कहिले सुदूरपश्चिम, कहिले कर्णाली—उनीहरू न्याय दिलाउने अभियानमा निरन्तर क्रियाशील छन्।

अब देविराम तिमिल्सिनाको परिवार मात्र होइन, उनीजस्ता नागरिकता विहिन धेरै नेपालीको आशा पुनः बलियो बनेको छ। राज्यले यस्ता मुद्दामा थप संवेदनशीलता देखाउनुपर्ने आवश्यकता मिडिया र नागरिक समाजबाट उठिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!