१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

पत्रकारको सहयोगमा ५ पुस्तादेखि नागरिकता बिहिन परिवारलाई न्याय : १२ वर्षको संघर्षपछि नागरिकता मिल्यो

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आषाढ २२, २०८२

दैलेख । आठबीस नगरपालिका–७ निवासी देविराम तिमिल्सिना परिवारमा १२ वर्षको लामो संघर्षपछि नागरिकता बन्ने भएको छ। पाँच पुस्तादेखि नागरिकता विहिन अवस्थामा बस्दै आएका तिमिल्सिना र उहाँका परिवारमा अहिले हर्ष र आशाका भावनाले मन भरिएको छ।

देविराम तिमिल्सिनाका बुवा र एक सुनार समुदायकी महिलाबीच विवाह भएको कारणले गर्दा उहाँको परिवारलाई नागरिकता लिन कठिनाइ भएको थियो। जातीय विबेध, सामाजिक विभाजन र प्रशासनिक झन्झटका कारण तिमिल्सिना परिवारका ११ सदस्य र उहाँका भाइका ३ सदस्यलाई नागरिकता नपाई वर्षौंसम्म राज्यको सेवा-सुविधाबाट वञ्चित रहनुपरेको थियो।

न त छोराछोरीले पढ्न पाएका थिए, न त परिवारले उपचार वा अन्य सरकारी सुविधा। १२ वर्षसम्म पीडा भोगेको यो परिवारले अन्ततः नागरिकताको उज्यालो देख्न पाएको छ।

यो सम्भव भएको छ—ABP क्राइम मिडियाका सञ्चालक आशिष मल्ल ,DBC khaber कि दिक्षा बुढा क्षेत्री र वडा अध्यक्ष जैसिंन कठायत सचिब राधा बजगाई र समाजसेबि डिल्लि प्रसाद उपाध्याय लगायत उनको टिमको सहयोग निरन्तर प्रयासबाट। मल्लको टिमले यस विषयलाई मिडियामा ल्याई दबाब सिर्जना गरेपछि सम्बन्धित निकायले सकारात्मक चासो देखाउँदै नागरिकता प्रक्रियालाई अघि बढाएको हो।

देशका दूरदराजमा नागरिकता नपाएर पीडित बनेका आवाजलाई उठाउने क्रम मल्लको टिमले जारी राखेको छ। कहिले सुदूरपश्चिम, कहिले कर्णाली—उनीहरू न्याय दिलाउने अभियानमा निरन्तर क्रियाशील छन्।

अब देविराम तिमिल्सिनाको परिवार मात्र होइन, उनीजस्ता नागरिकता विहिन धेरै नेपालीको आशा पुनः बलियो बनेको छ। राज्यले यस्ता मुद्दामा थप संवेदनशीलता देखाउनुपर्ने आवश्यकता मिडिया र नागरिक समाजबाट उठिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!