०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ प्रहरीले बाघको छालासहित राजपुर देउखुरीबाट ३ जना पक्राउ,

Logo
सागर रोका प्रकाशित आइतबार, आषाढ २२, २०८२

दाङ । वन्यजन्तु बाघको छाला (ओखेटोपहार) सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ गुरुङखोला निवासी ५३ वर्षीय केशव राज सेन ठकुरी, गढवा गाउँपालिका–६ खवरी निवासी, ४१ वर्षीय बिक्रम बुढामगर, र वर्दियाको बारबर्दिया नगरपालिका–४ पदनाह निवासी ३३ वर्षीय अनिल थारु रहेका छन् ।

अवैध रुपमा बाघको छाला कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका क्षेत्रभित्र बाघको छाला किनबेच भइरहेको गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशन राज पाण्डेयको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो ।

गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाँदा २२ गते राति करिब २ बजेतिर गढवा गाउँपालिका–६ खबरी निवासी बिक्रम बुढामगरको घरमा छापा मारिएको थियो । सो क्रममा बुढामगरसहित तीन जनालाई बाघको छाला लुकाएर राखिरहेको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय गढवाको समन्वयमा गरिएको खानतलासीमा बुढामगरको घरको माथिल्लो तलामा रातो प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको एक थान पाटे बाघको छाला बरामद गरिएको हो । सो छालाको लम्बाइ ९ फिट २ इन्च र चौडाइ ३ फिट २ इन्च रहेको छ ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । नेपालमा बाघ लगायत वन्यजन्तुको अवैध कारोबार वन्यजन्तु संरक्षण ऐन अन्तर्गत गम्भीर अपराध मानिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!