काठमाडौं । आइतबार राष्ट्रपति पौडेलले राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालयको अवलोकन भ्रमण गरेका हुन् ।
राष्ट्रपति पौडेलले सैनिक संग्रहालयको विभिन्न प्रदर्शनी कक्षहरुमा राखिएको ऐतिहासिक, पुरातात्विक तथा सैनिक सामग्रीहरुको अवलोकन गरेका हुन् ।
भ्रमणमा बलाधिकृत रथी निर्मल कुमार थापा, रथीबृन्द,अधिकृत लगायत सकलदर्जाको उपस्थिती रहेको थियो ।