१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

नेपालको सुरक्षा निकायसँग समन्वय नै नगरी भारतीय प्रहरीहरु जिल्ला प्रशासन सप्तरीको रेकी गरी फर्किए,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ २२, २०८२

 

सप्तरी । भारतीय प्रहरीले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय सप्तरीको रेकी गरी फर्किएको पाइएको छ। दिउँसो करिब ४ बजेतिर पुलिस लेखिएको बीआर ५० पी ८६६९ नम्बरको स्कर्पियो चढेर आएका ४/५ जनाको समूहले कार्यालयको रेकी गरी फर्किएका हुन् ।

सिभिल ड्रेसमा आएका उनीहरुले कार्यालय परिसरको पर्खालसँगै उत्तरतर्फ सडकमा स्कर्पियो राखेका थिए । तर, सो विषयमा सुरक्षा निकाय बेखबर थिए । सुरक्षा निकायसँग समन्वय नै नगरी नेपाल छिरेका भारतीय प्रहरी साढे चार बजेसम्म बसेर फर्किएपनि सुरक्षा निकायलाई जानकारी भएन। के कुन कारणले उनीहरु समन्वय नै नगरी नेपाल झिरेको विषयमा यकिन हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई साँझ ५ बजे सम्पर्क गर्दा भर्खरै सो गाडीको फोटो प्राप्त भएको बताए। ‘त्यसरी भारतीय प्रहरी नेपाल झिर्दा समन्वय गर्नुपर्ने थियो तर मलाई भर्खरै फोटो प्राप्त भयो’ उनले भने, ‘प्रहरीसँग समन्वय गरेको छ की ? बुझ्ने कार्य हुँदैछ ।’

जिल्ला प्रहरी प्रमुख एसपी गौतम केसीले सो गाडीको फलोअप गर्ने कार्य भइरहेको बताए । ’हामीले सो विषयमा जानकारी पाएपछि फलोअप भइरहेको छ,’ उनले भने ।
कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!