०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपालगन्जमा इस्लाम धर्मावलम्बीहरूको पर्व (मोहर्रम ताजिया) जुलूस भव्यताका साथ सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ २२, २०८२

बाँके । नेपालगन्ज सहरका विभिन्न टोलहरूबाट निकालिएका ताजियाहरू एकत्रित भई परम्परागत शैलीमा शहर परिक्रमा गरेका थिए ।

जुलूसमा सहभागीहरूले इमाम हुसैनको बलिदानको सम्झनामा मातम गरेका थिए। रंगीन कागज, सुनौलो झिल्के पट्टी, फूल र बत्तीले सजाइएका ताजियाहरूले जुलूसलाई आकर्षक बनाएको थियो।

कार्यक्रममा शान्ति र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा व्यवस्था गरेका थिए। भिड व्यवस्थापनमा प्रहरीको सक्रिय भूमिकाले जुलूस निर्विघ्न रूपमा सम्पन्न भएको थियो।

यो पर्वले नेपालगञ्जमा सांस्कृतिक सहिष्णुता र धार्मिक सद्भावको सन्देश प्रवाह गरेको छ। मुस्लिम समुदायसँगै अन्य समुदायका व्यक्तिहरूको सहभागिताले सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!