१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सोमबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ २३, २०८२

मेष – पारिवारिक आत्मीयता बढ्नेछ। नयाँ कामको योजना बन्न सक्छ। हडबडाहटले नोक्सान पुर्‍याउने सम्भावना छ।

वृष – यात्रा वा सवारीसम्बन्धी योजनामा सफलता मिल्नेछ। भाइबहिनीसँग सुमधुर सम्बन्ध कायम हुनेछ। निर्णयमा स्पष्टता राख्नुस्।

मिथुन – आर्थिक पक्ष सुधारिनेछ। व्यापारमा विस्तारको सम्भावना छ। बोल्दा विवेक अपनाउनु राम्रो।

कर्कट – आत्मविश्वास उच्च रहनेछ। सम्मान र प्रतिष्ठा बढ्नेछ। तर भावुकता नियन्त्रणमा राख्नुपर्ने दिन हो।

सिंह – मानसिक थकान महसुस हुन सक्छ। गोप्य शत्रुबाट सावधान रहनुहोस। तपस्या वा ध्यानमा मन जानेछ।

कन्या – मित्र वा समाजबाट लाभ मिल्नेछ। नयाँ सम्पर्कबाट अवसरहरू आउन सक्छन्। लक्ष्यमा केन्द्रित रहनु लाभदायक।

तुला – कर्मक्षेत्रमा सफलता मिल्नेछ। उच्च अधिकारीबाट सहयोग पाइनेछ। आत्मप्रचारबाट जोगिनु उचित।

वृश्चिक – धार्मिक वा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। यात्राबाट लाभ मिल्ने सम्भावना। गुरु वा गुरु तुल्य व्यक्तिको सल्लाह फलदायी हुनेछ।

धनु – खर्च बढ्ने सम्भावना। अरुको कुरामा बढी प्रभावित नहुनुहोस्। भावनामा बहकिनु हानिकारक हुनसक्छ।

मकर – साझेदारी वा सम्बन्धमा सुधार आउनेछ। वैवाहिक जीवनमा सामञ्जस्य बढ्नेछ। वाणीमा मधुरता राख्नुस्।

कुम्भ – कामको चाप बढ्नेछ। स्वास्थ्यमा अलिक ख्याल गर्नु पर्ने दिन। नियमितता अपनाउनु शुभ।

मीन – प्रेम, सन्तान र सिर्जनशील कार्यमा सफलता मिल्नेछ। परीक्षा वा प्रतियोगितामा सकारात्मक संकेत।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!