०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी र काठमाडौंका मेयर बालेन शाहबीच राजनीति छलफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ २३, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेवि भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई निवासमा बोलाएर छलफल गरेकी छिन्। राजनीतिमा पुनरागमनको घोषणा गरेकी भण्डारीले बालेनसँग राजनीतिक छलफल गरेकी हुन्।

भेटमा महानगरपालिकाको बजेट तथा समस्याका विषयमा पनि छलफल भएको  बालेनको सचिवालयले जनाएको छ । ‘उहाँसँग समसामयिक विषयमा छलफल भयो, कतिपय महानगरपालिकासँग सम्बन्धित विषय, कतिपय राजनीतिक सवाल र घटनाक्रममा छलफल भयो,’ मेयर शाहका स्वकीय सचिव भुपदेव शाहले भने, ‘भेटघाटमा पूर्व राष्ट्रपतिज्यूले राम्ररी रेस्पोन्स गर्नुभयो, मेयरज्यूले पनि भण्डारीज्यूले सेवा सुविधा फिर्ता गरेकोबारे चर्चा गर्नुभयो, कुराकानीका क्रममा महानगरपालिकाका देखिएको पछिल्लो समस्या बारे पनि छलफल भयो ।’

स्रोतका अनुसार मेयर शाहले तत्काल आफू राजनीतिमा नआउने बताउँदै महानगरपालिकामा केन्द्र सरकारले गरेको असहयोग र प्रतिशोधबारे जानकारी गराएका थिए । सरकारले नयाँ प्रशासकीय अधिकृत नपठाउँदा बजेट नै अवरुद्ध भएको विषयमा उनले जानकारी गराएका थिए। पूर्वराष्ट्रपति भण्डारीले भने उनलाई राजनीतिमा आउन आग्रह गरेकी थिइन्।
मेयर शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच तिक्ततापूर्ण सम्बन्ध छ । एमालेमा वैकल्पिक धारको राजनीतिक सक्रियता बढाइएकी भण्डारीको बालेनसँगको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।

पूर्वराष्ट्रपतिको रुपमा पाउने सेवा–सुविधा छाडेर भण्डारीले हालै राजनीतिक सक्रियता बढाएकी हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!