१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

पाल्पा जिल्ला ट्राफिक प्रमुख वरिष्ठ सइ आचार्यले जिम्मेवारी सम्हाल्दै दुर्घटना न्यूनीकरणमा प्रहिलो प्राथमिकता,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ २३, २०८२

पाल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाको प्रमुखको रुपमा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्यले जिम्मेवारी सम्हाल्नुभएको छ । सात वर्षअघि पाल्पाको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गर्नुभएका आचार्यले पुनः जिम्मेवारीमा फर्किएसँगै जिल्लाको ट्राफिक सुधारका लागि सरोकारवालासँग सहकार्य सुरु गर्नुभएको छ ।

आइतबार जिल्लाका पत्रकारहरूसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी प्रमुख आचार्यले पाल्पाको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि सुझाव संकलन गर्नुभयो । पाल्पाको विशिष्ट भौगोलिक अवस्था, साँघुरा सडक, उकालो-ओरालो बाटो र बढ्दो सवारी चापले निम्त्याउने चुनौतीहरूको सामना गर्न सबै पक्षसँगको समन्वय र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लाको ट्राफिक व्यवस्थापनका लागि विभिन्न महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए ।

सुझावहरू यसप्रकार छन्:

टिपरको आतंक र तीव्र गति नियन्त्रण गर्ने ।

ओभरलोड बोक्ने सवारीलाई कडाइ गर्ने ।

बजार क्षेत्रमा दिनअनुसार एकतर्फी पार्किङको व्यवस्था मिलाउने ।

सवारी चालक अनुमतिपत्र र मादक पदार्थ सेवन (मापसे) को नियमित र आकस्मिक जाँच गर्ने ।

विद्यालय तथा क्याम्पसस्तरमा ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने ।

सञ्चारमाध्यम मार्फत ट्राफिक नियम र सन्देश प्रवाह गर्ने ।

साँघुरा सडकमा निर्माण सामग्री राख्ने र ग्यारेज संचालन गर्ने कार्यलाई व्यवस्थित गर्ने ।

भिडभाड हुने क्षेत्रमा सवारी साधनका लागि वैकल्पिक रुट र समय निर्धारण गर्ने ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले नवनियुक्त प्रमुखले जिम्मेवारी सम्हाल्ने बित्तिकै पत्रकारहरूसँग सुझाव लिनु सकारात्मक र पहिलो पटक भएको बताउनुभयो । उहाँले पाल्पाली पत्रकारहरूले प्रहरीको कामको गुण र दोषका आधारमा सधैँ रचनात्मक सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

पत्रकारहरूबाट प्राप्त सुझावहरूलाई ग्रहण गर्दै प्रमुख आचार्यले जिल्लाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूबाट प्राप्त सुझावहरूलाई आत्मसाथ गर्दै सरोकारवाला सबैसँगको सहकार्यमा काम अगाडि बढाउनेछु । सिमित जनशक्तिका बाबजुद उत्कृष्ट काम गर्ने प्रयास रहनेछ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!