०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपालमा डेङ्गु,कालाजार र स्क्रबटाइफसजस्ता सरुवा रोगहरूको सङ्क्रमण बढ्दै, स्वास्थ्यकर्मी,

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ २३, २०८२

काठमाडौं । आर्थिक वर्ष २०८०–८१ मा जिल्लामा डेङ्गुका १४२ बिरामी भेटिएका थिए भने चालु वर्ष २०८१–८२ मा यो सङ्ख्या १५० पुगेको छ। यस्तै, गत वर्ष ४ जनामा कालाजार देखिएकोमा यस वर्ष ६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार भारतबाट फर्किने मजदुरहरूबाट संक्रमण फैलिने दर उच्च भएको छ। लामखुट्टे र भुसुनाबाट सर्ने यी रोगबाट जोगिन सतर्कता अपनाउन आग्रह गरिएको छ।

स्वास्थ्य कार्यालय बर्दियाका विष्णु वैश्यले भारतबाट फर्किने व्यक्तिहरूमार्फत संक्रमण फैलिएको पुष्टि भइरहेकाले सावधानी आवश्यक भएको बताए। बर्दिया अस्पतालका बालरोग विशेषज्ञ डा. विश्वनाथ शाहले विशेषगरी वर्षायाममा बालबालिका जोखिममा पर्ने भएकाले अभिभावकहरूलाई सचेत रहन अनुरोध गरेका छन् ।

खैरापुर स्वास्थ्य चौकीका प्रमुख जनकनाथ योगीले यो वर्ष बिरामीको सङ्ख्या अघिल्लो वर्षभन्दा बढेको जनाउँदै नागरिक र स्थानीय निकायहरूलाई सतर्क रहन अपिल गरे ।

स्वास्थ्यकर्मीहरूका अनुसार सरसफाइमा ध्यान दिनु, पानी जम्न नदिने, मच्छरदानी प्रयोग गर्ने र भुसुना नियन्त्रणका उपाय अवलम्बन गर्नु रोग नियन्त्रणका लागि आवश्यक छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!