०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जाजरकोटका डिभिजन वन प्रमुख (डिएफओ) शाहमाथि कार्यकक्षमै कुटपिट गर्नेलाई प्रहरीले खोज्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ २३, २०८२

 

जाजरकोट । आइतबार डिभिजन बन कार्यालयको कार्यकक्षमै अपरिचित तीन जनाको समूहले कुटपिट गरेका हुन् ।

डिभिजन बन प्रमुख अमर प्रसाद शाहले आफुमाथि कार्यकक्षमै कुटपिट भएको बताए । करारका कर्मचारी हटाएको विषयमा कुरा निकालेर उनीहरुले आफुमाथि एक्कासी ढाड र अनुहारमा मुक्का प्रहार गरेको बताएका छन् ।

यद्यपी उनलाई चोटपटक भने लागेको छैन । आक्रमणपछि ती युवाहरू त्यहाँबाट फरार भएका थिए । जिल्ला प्रहरी प्रमुख डिएसपी सुवाश शर्माले शाहमाथि कुटपिट भएको विषय जानकारीमा आएको र त्यसमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा पनि तीन/चार जनाको समूहले शाहमाथि अन्धाधुन्ध मुक्का प्रहार गरेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!