२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मंगलबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ २४, २०८२

मेष : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीभाइको व्यवहारले मन अशान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। शिक्षामा प्रगति हुनेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। मिठो खाने अवसर प्राप्त होला। आम्दानी बढ्नेछ।

मिथुन : दिन सामान्य छ। क्षमता कमजोर बन्नेछ। बौद्धिक क्षेत्रमा गरेको प्रयास अधुरो रहने छ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले साथ नदिँदा हरेक काममा अवरोध हुनेछ।

कर्कट : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा खुशी मिल्नेछ। लगानीबाट नाफा हुनेछ। कामका लागि हिम्मत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्।

सिंह : दिन सामान्य छ। जोखिम थपिने छन्। आम्दानी भन्दा खर्च बढ्नेछ। शनिदेवको सन्तुष्टिका लागि धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। शुभकार्यको तय हुनेछ। परिवारमा एकपछि अर्को समस्या थपिने हुँदा गोपनीयता भंग नगर्नु राम्रो होला। शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

तुला : दिन सामान्य छ। सम्पत्तिका कारण इज्जत र स्वास्थ्यमा समस्या हुनेछ। राज्यका तर्फबाट हुने जोखिमबाट जोगिनु राम्रो हुनेछ। आफ्नो अस्थित्व रक्षाका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। विद्वान व्यक्तिसँगको भेट बढ्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासलाई निरन्तारता दिनु उचित हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

धनु : आज अनावश्यक यात्राले दुःख दिनेछ। परिवारमा संकट देखिन्छ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। लगानी गरेको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। शिक्षामा प्रगति हुनेछ।

मकर : दिन राम्रो छ। अचानक अवसर प्राप्त हुनेछ। स्वाथ्यमा गरेको काममा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कुम्भ : दिन सामान्य छ। अन्त्य साढेसातीका कारण एकपछि अर्को विरोध सुन्नुपर्ने हुनसक्छ। बौद्धिक साथीले कुरा काट्नेछन्। पढाइमा आलश्यता बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए घाटा हुनेछ।

मीन : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछ। आफन्तसँग भेटघाट बढ्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!