१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

गएराती जलेश्वरमा पत्रकार दिवाकर शाह र उनको क्यामरा मैनमाथि आक्रमण,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ २४, २०८२

 

जलेश्वर । विशेष सूचनाका आधारमा मध्यरातमा अनुसन्धानका लागि जलेश्वर पुगेका पत्रकार दिवाकर शाह र उनको टिममाथि सरकारकै भवनभित्र आक्रमण भएको छ। प्रहरीको साथमा अनुसन्धानमा पुगेका पत्रकारहरूलाई सुरक्षाकर्मीहरूले एक्कासी छाडेर पछि हटेपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएको हो।

सरकारी भवनभित्र कथित रूपमा ठुलो रकमको लेनदेन र मदिरा पार्टी चलिरहेको सूचना पाएपछि शाह टोली त्यहाँ पुगेका थिए। तर घटनास्थलमा पुगेपछि प्रहरी नै बिना कुनै स्पष्ट कारण हराएपछि, त्यहीँ रहेका केही अपरिचित व्यक्तिहरूले पत्रकारमाथि हातपात गरे।

आक्रमणको क्रममा क्यामेराम्यान घाइते भएका छन् भने पत्रकारहरूको क्यामरा समेत खोसिएको छ। आफूमाथि भएको घटनाको विवरण दिँदै पत्रकार शाहले सामाजिक सञ्जालमार्फत फेसबुक लाइभ गर्दै भने, “हामी सुरक्षाका लागि प्रहरीलाई लिएर गएका थियौं, तर उल्टै उनीहरूले हामीलाई छाडेर गएका छन्।”

यो घटना प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाप्रति राज्यसंयन्त्र कति गम्भीर छ भन्ने प्रश्न खडा भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!