०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कृषि मन्त्री पन्थीको दाङमा कृषिमा पत्रकारिता सक्रिय पत्रकारहरू संग अन्तरक्रिया सम्पन्न,

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, आषाढ २४, २०८२

कृषि मन्त्री पन्थीको दाङमा कृषिमा पत्रकारिता सक्रिय पत्रकारहरू संग अन्तरक्रिया सम्पन्न

दाङ । लमही लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेश सरकारले कृषिमा अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याएको बताउनुभएकाे छ ।  लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजना तथा सञ्चारिका समूह लुम्बिनी प्रदेशको सहकार्यमा आज साेमबार दाङ-देउखुरीकाे लमहीमा आयाेजित सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

मन्त्री पन्थी किसानलाई आत्मनिर्भर बनाउन र आम्दानीको बाटो खोल्न विशेष कार्यक्रम सञ्चालनका लागि काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयाे “कृषिमा देखा परेका समस्याहरूको समाधान खोज्न मन्त्रालय जुटिरहेको छ।  पछिल्ला वर्षहरूमा खेतबारीमा उत्पादन घटेको छ, यसप्रति पत्रकारले पनि जनताको आवाज उठाउनुपर्छ।” मन्त्री पन्थीले “थोरै मानिसले कृषि गरेर आफ्नो परिवार पाल्न र बिक्रीमार्फत आम्दानी गर्न सफल भएका छन्।” प्रदेश सरकारले सात वर्ष यता भएका राम्रा कार्यक्रमको निरन्तरतामा जोड दिएको र स्रोत अभावका कारण केही कार्यक्रम अघि बढ्न नसकेको बताउनुभयाे ।

“राम्रा कामलाई प्रोत्साहन र असफल कामलाई निरुत्साहित गर्न मन्त्रालय लागिपरेको छ,” मन्त्री पन्थीको भनाइ थियो। उहाँले माटोको उपचार सम्बन्धी काम सुरु गरिएको पनि जानकारी दिनुभयो। साथै उहाँले सञ्चारकर्मीहरुलाई आग्रह गर्दै भन्नुभयो, “कृषिमा भएका कामबारे खोजी गरौँ, सुझाव दिऊँ – मन्त्रालय तयार छ सुन्‍न र सुधार गर्न तयार छ, उहाँले भन्नुभयाे ।

कृषि मन्त्रालयका सचिव यामनारायण देवकाेटाकाे अध्यक्षता एवम् कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले विषय प्रवेश गराउनुभएको थियो। सो क्रममा मन्त्रालय बाली संरक्षण निर्देशक घनश्याम चौधरीले लुम्बिनी प्रदेशको कृषि क्षेत्रको वर्तमान अवस्था बारेमा जानकारी दिनुभएको थियो । उहाँले चालू आर्थिक बर्षकाे उपलब्धी र आगामी बर्षकाे कार्यक्रमका बिषयमा समेत प्रकाश पार्नु भएको थियाे । कार्यक्रमकाे सञ्चालन सञ्चारिका समूह लुम्बिनी प्रदेशकी कार्यक्रम संयाेजक उषाकिरण पन्थले गर्नु भएकाे थियाे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!