०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाढीको उच्च जोखिम पुर्ण रहने बाँके १० ठाउँमा विपद् पूर्व सूचना बाढीको पूर्व सूचना दिने साइरन जडान,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ २४, २०८२

बाँके । मनसुनमा आउने सम्भावित बाढीबारे समयमै चेतावनी दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटीय क्षेत्रका १० स्थानमा सो साइरन जडान गरिएको हो।

नरैनापुर गाउँपालिकाको–५ अन्तर्गत मटेहिया र गङ्गापुर तथा वडा नम्बर ६ अन्तर्गत भगवानपुर र सोनवर्षामा साइरन जडान गरिएको छ भने राप्ती सोनारी गाउँपालिका– २ को दर्शनापुर, टिकुली र वडा नम्बर ३ तथा ७ का अन्य ६ स्थानमा साइरन राखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा साइरन जडान गरिएको गाउँपालिकाले जनाएका छन्।

नदीले तोकिएको सतह नाघेपछि साइरनले स्वतः बाढीको जोखिमबारे सूचना दिने जनाउँदै यसले सर्वसाधारणलाई जोगिन ठुलो सहयोग गर्ने राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो।

नरैनापुर गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख भरत महतोका अनुसार गत वर्ष नदीले सतह नाघेन, जसका कारण साइरन बजाउनु परेको थिएन।

राप्ती सोनारी गाउँपालिकामा भने साइरनमार्फत सूचना प्रसारण भइरहेका छन्। गाउँपालिकाका सूचना अधिकारी जीवन न्यौपानेले केही दिनअघि लगातार तीन दिन परेको वर्षाले नदीको सतह उच्च भएपछि साइरनबाट जानकारी दिइएको बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!