१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

व्यापारीबाट पैसा उठाउने ईप्रका गौशाला इन्स्पेक्टर भण्डारीसहित ३ प्रहरी कार्वाहीमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ २५, २०८२

मधेस प्रदेश । प्रहरी कार्यालयले महोत्तरीको गौशाला इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) उत्तम सिंह भण्डारीसहित तीन प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको छ ।

व्यापारीहरूसँग जबरजस्ती रकम असुली, चेक अनादर मुद्दामा आर्थिक लाभ लिएको र बिचौलियामार्फत अनैतिक रूपमा रकम सङ्कलन गरेको गम्भीर आरोपमा उनीहरूमाथि छानबिन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र कुमार भट्टका अनुसार, इन्स्पेक्टर भण्डारी, प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई मधेस प्रदेश प्रहरी कार्यालयले अनुसन्धानका लागि जनकपुरस्थित नेपाल प्रहरीको गणमा राखिएको छ ।

प्रारम्भिक अनुसन्धानमा भण्डारीले महतो र विश्वकर्मालाई ‘घुमुवा’ प्रहरीको रूपमा प्रयोग गरी अनैतिक गतिविधि सञ्चालन गरेको पाइएको छ ।

आरोपअनुसार, गौशाला इलाका प्रहरी कार्यालय परिसरमा दिनहुँ छलफलको बहानामा बिचौलियामार्फत रकम सङ्कलन हुँदै आएको थियो । लामो समयदेखि गौशालामा कार्यरत दुवै प्रहरी जवानहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीका सादा पोसाकका (घुमुवा) प्रहरीले संरक्षण दिएको अनुसन्धानमा खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!