०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

रसुवाको बाढीमा फसेका नागरिकको उद्धार गर्न गएका सशस्त्र प्रहरी सहायक हवल्दार भिरबाट खसे

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ २५, २०८२

रसुवा । गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा उद्धारको लागि २ नम्बर गुल्मबाट गएका सहायक हवल्दार विशाल थापा भिरबाट लडेर घाइते भएका हुन् ।

२१ जनाको टोली गएकोमा थापा १० मिटर तल खोँचामा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनको प्राथमिक उपचारको लागि टिमुरे तर्फ स्ट्रेचरमा हालेर लगिएपनि अवस्था गम्भीर भएकोले नेपाली सेनाले हेलिकप्टर पठाउन लागेको छ ।

सेनाको हेलिकप्टर मार्फत ल्याएर सशस्त्र प्रहरीको बलम्बु स्थित अस्पतालमा उपचार गराउने तयारी रहेको थापाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!