१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ७ वटा देशमा कर लगाउने घोषणा,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ २६, २०८२

अमेरिकी । नयाँ सूचीमा श्रीलंका, अल्जेरिया, इराक, लिबिया, फिलिपिन्स, मोल्डोभा र ब्रुनाई छन्। ती सबैमा अगस्ट १ देखि शुल्क लागू हुनेछ।

ट्रम्पले यी देशका नेतालाई पठाएका पत्र पनि सार्वजनिक गरेका छन्। पत्रमा अमेरिकामा सामान पठाउँदा लगाइने शुल्क उल्लेख गरिएको छ।

अब अमेरिकाले श्रीलंका, इराक, अल्जेरिया र लिबियाबाट आउने सामानमा ३० प्रतिशत भन्सार लगाउने छ। मोल्डोभा र ब्रुनाईलाई २५ प्रतिशत र फिलिपिन्सलाई २० प्रतिशत भन्सार लगाइनेछ।

ट्रम्पले यदि कुनै देशले अमेरिकामा कर लगाउँछ भने अमेरिकाले पनि त्यही अनुपातमा कर लगाउने आफ्नो पत्रमा लेखेका छन्।

उनले दुई देशबीचको सम्बन्धको आधारमा यो निर्णय परिवर्तन हुन सक्ने पनि बताए। यसअघि अमेरिकाले बंगलादेशसहित १४ देशमा एकैसाथ भन्सार लगाउने घोषणा गरेको थियो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!