०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ७ वटा देशमा कर लगाउने घोषणा,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ २६, २०८२

अमेरिकी । नयाँ सूचीमा श्रीलंका, अल्जेरिया, इराक, लिबिया, फिलिपिन्स, मोल्डोभा र ब्रुनाई छन्। ती सबैमा अगस्ट १ देखि शुल्क लागू हुनेछ।

ट्रम्पले यी देशका नेतालाई पठाएका पत्र पनि सार्वजनिक गरेका छन्। पत्रमा अमेरिकामा सामान पठाउँदा लगाइने शुल्क उल्लेख गरिएको छ।

अब अमेरिकाले श्रीलंका, इराक, अल्जेरिया र लिबियाबाट आउने सामानमा ३० प्रतिशत भन्सार लगाउने छ। मोल्डोभा र ब्रुनाईलाई २५ प्रतिशत र फिलिपिन्सलाई २० प्रतिशत भन्सार लगाइनेछ।

ट्रम्पले यदि कुनै देशले अमेरिकामा कर लगाउँछ भने अमेरिकाले पनि त्यही अनुपातमा कर लगाउने आफ्नो पत्रमा लेखेका छन्।

उनले दुई देशबीचको सम्बन्धको आधारमा यो निर्णय परिवर्तन हुन सक्ने पनि बताए। यसअघि अमेरिकाले बंगलादेशसहित १४ देशमा एकैसाथ भन्सार लगाउने घोषणा गरेको थियो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!