०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

यमनका हुथी विद्रोहीहरूले कार्गो जहाजमाथि आक्रमण गरेर लाल सागरमा डुबाए,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ २६, २०८२

 

यमन । जहाजका छ जना चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ भने कम्तीमा तीन जनाको मृत्यु भएको छ।

युके मेरिटाइम ट्रेड अपरेशन्स (युकेएमएमटीओ) एजेन्सीका अनुसार ‘इटर्निटी सी’ नामक लाइबेरियाली झण्डा भएको जहाजमा २५ जना चालक दलका सदस्यहरू थिए।

सोमबार एउटा सानो डुङ्गाबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेड (आरपीगी) आक्रमणमा जहाज गम्भीर रूपमा क्षतिग्रस्त र शक्तिहीन भएको थियो।

इरान समर्थित हुथी विद्रोहीहरूले ‘इटरनिटी सी’ इजरायलतर्फ जाँदै गर्दा आक्रमण गरेको बताएका छन्। उनीहरूले धेरै चालक दलका सदस्यहरूलाई पनि बन्धक बनाएका छन्।

यमनस्थित अमेरिकी दूतावासले हुथी विद्रोहीहरूले “धेरै चालक दलका सदस्यहरूलाई अपहरण गरेको” बताएको छ र उनीहरूको तत्काल रिहाको माग गरेको छ।

यो एक हप्तामा हुथी विद्रोहीहरूले डुबाएको दोस्रो जहाज हो। यसअघि कार्गो जहाज ‘म्याजिक शिप’ मा मिसाइल र ड्रोनले आक्रमण गरेर डुबाइएको थियो।

बुधबार, लाल सागरमा तैनाथ युरोपेली संघको नौसेना मिसन ‘अपरेशन एस्पाइड्स’ ले पहिले बेपत्ता रहेका छ जना चालक दलका सदस्यहरूलाई उद्धार गरिएको बताएको छ।

एएसपिड्सका एक अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार तीमध्ये पाँच जना फिलिपिन्सका नागरिक र एक जना भारतीय थिए भने १९ जना अझै बेपत्ता छन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!