०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँकेको नवनिर्मित अपरेशन भवनको मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ २६, २०८२

बाँके । नेपालगञ्ज लुम्बिनी प्रदेश प्रहरी अस्पताल, नेपालगञ्जमा नव निर्मित अत्याधुनिक अपरेशन थियेटर भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सो भवनको उद्घाटन लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेत नारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो।

उद्घाटन समारोहमा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरू, प्रदेश सरकारका प्रतिनिधिहरू तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। समारोहमा मुख्यमन्त्री आचार्यले स्वास्थ्य पूर्वाधारमा सरकारको प्रतिबद्धता दोहोर्याउँदै प्रहरी अस्पतालको सेवामा थप सुधार हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रहरी अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले नव निर्मित भवनबाट आपतकालीन र जटिल शल्यक्रिया सेवा थप सहज र प्रभावकारी हुने जानकारी दीएका थीए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!