१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

बाँकेमा सशस्त्र प्रहरी असई सोमराज शर्मा खुलेआम तस्करीसंग पैसा बार्गेनिङ गरेको अडियो सार्वजनिक

Logo
ABC (भन्डाफोर) प्रकाशित बिहिबार, आषाढ २६, २०८२

बाँके । गृहमन्त्री रमेश लेखेकको निर्देशनलाई ठाडो उलंघन गर्दै बाँकेमा कार्यरत सशस्त्र प्रहरीका असई सोमराज शर्माले खुलेआम स्याउ तस्करीसंग २ लाख ५० हजारको (स्याउ भित्र) महङ्गो फ्लेवर”पास गराउन दिनको ५/५ हजार मागेको अडियो सार्वजनिक…

बाँकेको नेपालगन्ज भान्सारमा खुलेआम तस्करसँग बार्गेनिङ हुँदै तस्करी हुने गरेको प्रमाण फेला सीमा सुरक्षाको लागि नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बललाई जिम्मेवारी सुम्पिएको छ । तर सोहीको फाइदा उठाउँदै हाल सिमानाका भान्सारमा केही दिन अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सोमराज शर्माले खुलेआम सेटिङ्ग गर्दै तस्करी गराउने गरेको अडियो सार्बजनिक भएको छ ।केही तस्करहरूले नाम नबताउने सर्तमा मासिक ५ देखि १० हजार सम्म दिने सर्तमा सेटिङ्ग गरिएको बताइएको छ । तस्करका अनुसार असई सोमराज शर्मा (सिविल ड्रेसमा) आई हामीसित सेटिङ गर्ने गरेको बताएका छन् । बर्दिया जिल्लाबाट केही दिन अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक शर्मामाथि सशस्त्र प्रहरी बल नेपाल न. ५ बिन्ध्यावासिनी बहानी कपिलवस्तुका प्रमुख डिआइजी दीपेन्द्र कुँवरको कृपा दृष्टि रहेको हुँदा यसरी खुलेआम सानो–ठुलो तस्करहरूबाट बार्गेनिङ गरेर सेटिङ्ग गर्ने गरेको बताउँछन् ।यसबारे जानकारीको लागि लुम्बिनी प्रदेश सशस्त्र प्रहरी बल नेपाल न. ५ बिन्ध्यावासिनी बहानी कपिलवस्तुका प्रमुख डिआइजी कुँवरलाई ५ पटकसम्म फोन सम्पर्क गर्दा फोन उठेन।

यता सशस्त्र प्रहरी बल नेपाल ३० न. गण बागेश्वरी बाँकेका प्रमुख एसपी शोभाकान्त खनाल भन्नुहुन्छ यो अडियो पुरानो हो नयाँ होइन, अडियो पुरानो होस या नयाँ तर पनि तस्करीसंग पैसाको बार्गेनिङ गर्नु भ्रष्टाचार हो कि नाई भन्ने प्रश्नमा एसपी खनालले बुझेर भन्छु भन्दै टारेका छ्न ।यसतर्फ सम्बन्धित पक्षको बेलामा ध्यान केन्द्रित नहुँदा आउने समयमा खुलेआम तस्करी हुने निश्चित रहेको भन्सारमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूबाट नै भनाई आइरहेको छ । असई शर्मा सशस्त्र प्रहरी गण ३० नम्बर बागेश्वरी बाँकेबाट खटाइका छन् । सशस्त्र प्रहरीका असई सोमराज शर्माको पैसा बार्गेनिङ गरेको अडियो एबिसी संचारको कार्यालयमा सुरक्षित रहेको छ । साथै बुधबारको समाचारमा प्रसारण भएको सम्पूर्णलाई जानकारी गर्द्छो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!