०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया आर्थिक सकिन लागेपछि अघि बढ्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ २७, २०८२

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले बिहीबार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सूचना निकालेको छ ।

डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्र प्रहरीमा डीआईजीको एक पद एक महिनादेखि रिक्त छ । त्यसमा कसलाई बढुवा गर्ने भन्ने सहमति नजुट्दा सूचना नै निकालिएको थिएन । सहमति भएसँगै सूचना प्रकाशन भएको स्रोत बताउँछ ।
सो पदमा मनिष थापा, कृष्णराज पाठक मुख्य दाबेदार हुन्। पाठक सिंस नम्बर १ का अधिकृत हुन्। पाठक नेपाल प्रहरीबाट स्थानान्तरण भएका हुन् । स्टाफ कलेज समेत गरेकाले थापाकै बढुवा हुने सम्भावना छ ।
यद्यपी सिंस नम्बर २ का एसएसपीहरूले पनि फारम भर्ने तयारी गरिरहेका छन् । सिंस नम्बर २ का दिपेन्द्र कुँवर र विष्णु भट्ट यसअघि नै डीआईजी भइसकेका छन् ।
सशस्त्रमा लामो समयदेखि एसएसपी, एसपी र डीएसपीका पद पनि रिक्त छन् । अबको एक साताभित्र सबै पदमा बढुवाको तयारी भइरहेको छ ।
उता नेपाल प्रहरीमा भने अझै बढुवा प्रक्रिया अघि बढेको छैन । नेपाल प्रहरीमा एसएसपीका ११ पद रिक्त भएको करिब दुई महिना भइसकेको छ ।११ पदमा ३३ एसपीबीच प्रतिस्पर्धा छ । सोकारण बढुवामा तिव्र चलखेल छ । शक्तिकेन्द्रको दबाब र जुनियरहरुको चलखेलका कारण बढुवा रोकिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!