१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

मधेश प्रदेश प्रहरीको नक्कली फेसबुक पेज सञ्चालनमा प्रहरीले गम्भीर अनुसन्धान गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ २७, २०८२

जनकपुरधाम । प्रहरी कार्यालयको नाम र लोगो प्रयोग गरी ‘Madheshpolice Janakpurdham’ नामक फेक पेजमार्फत भ्रामक सूचना र असम्बन्धित सामग्री पोस्ट गरिन थालेपछि बुधबार प्रहरीले एक विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको हो ।

प्रहरीका अनुसार कार्यालयको आधिकारिक फेसबुक पेज भने ‘Madhesh Province Police Office, Janakpurdham’ हो, जसबाट मात्र कार्यालयका नियमित गतिविधि र सूचनाहरू सार्वजनिक गरिन्छ ।

तर फेक पेजबाट प्रहरीले नबोलेका र नगरेका विषयवस्तुहरू राखिँदै आएको जनाइएको छ । “फेक आईडीबाट फैलाइएका अफवाहहरूलाई लाइक, कमेन्ट वा शेयर नगर्न सबैमा अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

प्रहरीका अनुसार ३२०० बढी फलोअर भएको उक्त फेक पेजमा नेपाल प्रहरीको बर्दीमा रहेका एक व्यक्तिसहितका फोटोहरू प्रयोग गरिएका छन्, जुन १७ फेब्रुअरीमा जिल्ला प्रहरी कार्यालय, सप्तरीमा खिचिएको देखिन्छ ।

पेजमा केही पोस्टहरू प्रहरीसँग सम्बन्धित देखिए पनि अधिकांश सामग्री राजनीतिक विषयवस्तु र पछिल्लो घटनाक्रमसँग जोडिएका छन्, जसले प्रहरीलाई बदनाम गर्ने आशंका गरिएको छ ।

हाल फेक पेज सञ्चालनकर्ताको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!