०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

ललितपुर प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दामा फरार रहेका व्यक्ति २१ बर्ष पछि पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २८, २०८२

काठमाडौं । ललितपुर जिल्ला साबिक ललितपुर उपमहानगरपालिका वडा नं १४ नखिपोट हाल परिवर्तित ललितपुर महानगरपालिका वडा नं १४ नखिपोट स्थित ललि कुमारी सुनुवार संचालक रहेको टाईटानिक रेष्टुरेन्टमा राती अं. १९:३० बजेको समयमा देउसी भैलो खेलिरहेको अवस्थामा ललितपुर जिल्ला साबिक ललितपुर उपमहानगरपालिका वडा नं १५ खुमल्टार बस्ने लक्ष्मी बहादुर राउतको छोरा बर्ष २४ को नोर बहादुर राउतलाई प्रतिवादी मदन बहादुर लिम्बु समेत ७ जना भई जाहेरवालाको छोरालाई तरवार,रड लगायतको घातक हतियार प्रयोग गरी हानी सख्त घाईते बनाएकोमा उपचारको लागि बिर अस्पताल काठमाण्डौं लगिएकोमा उपचारको क्रममा मिति २०६०/०७/१० गते मृत्यु भएको कर्तब्य ज्यान मुद्दामा वारदात पश्‍चात भागी हाल सम्म फरार रहेका प्रतिवादीहरु मध्ये निम्न नाम थर वतन भएका बिजय कुमार फोम्वो (लिम्बु) हाल काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थितमा लुकी छिपी बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले मिति २०८२।०३।२७ गते विहान अं. ०९:३० बजेको समयमा फेला पारी निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित ललितपुर जिल्ला अदालत लगनखेलमा पेश गरिएको ।

फरार रहेको व्यक्तिको विवरण :
जिल्ला तेह्रथुम साबिक खाम्लालुङ गा.बि.स. ३ को हाल आठराई गा.पा. वडा नं २ घर भई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं ०९ गौशाला बस्ने बर्ष ४९ को बिजय कुमार फोम्वो (लिम्बु)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!