१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

ललितपुर प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दामा फरार रहेका व्यक्ति २१ बर्ष पछि पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २८, २०८२

काठमाडौं । ललितपुर जिल्ला साबिक ललितपुर उपमहानगरपालिका वडा नं १४ नखिपोट हाल परिवर्तित ललितपुर महानगरपालिका वडा नं १४ नखिपोट स्थित ललि कुमारी सुनुवार संचालक रहेको टाईटानिक रेष्टुरेन्टमा राती अं. १९:३० बजेको समयमा देउसी भैलो खेलिरहेको अवस्थामा ललितपुर जिल्ला साबिक ललितपुर उपमहानगरपालिका वडा नं १५ खुमल्टार बस्ने लक्ष्मी बहादुर राउतको छोरा बर्ष २४ को नोर बहादुर राउतलाई प्रतिवादी मदन बहादुर लिम्बु समेत ७ जना भई जाहेरवालाको छोरालाई तरवार,रड लगायतको घातक हतियार प्रयोग गरी हानी सख्त घाईते बनाएकोमा उपचारको लागि बिर अस्पताल काठमाण्डौं लगिएकोमा उपचारको क्रममा मिति २०६०/०७/१० गते मृत्यु भएको कर्तब्य ज्यान मुद्दामा वारदात पश्‍चात भागी हाल सम्म फरार रहेका प्रतिवादीहरु मध्ये निम्न नाम थर वतन भएका बिजय कुमार फोम्वो (लिम्बु) हाल काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थितमा लुकी छिपी बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले मिति २०८२।०३।२७ गते विहान अं. ०९:३० बजेको समयमा फेला पारी निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित ललितपुर जिल्ला अदालत लगनखेलमा पेश गरिएको ।

फरार रहेको व्यक्तिको विवरण :
जिल्ला तेह्रथुम साबिक खाम्लालुङ गा.बि.स. ३ को हाल आठराई गा.पा. वडा नं २ घर भई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं ०९ गौशाला बस्ने बर्ष ४९ को बिजय कुमार फोम्वो (लिम्बु)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!