बाँके । नेपालगन्ज नेपाल-भारत सीमा जमुनाहमा गरिबलाई रोकावट र धनि तथा पहुँचवालाई पुलिसकै स्कटिङमा तस्करीको समान पास दिने गरेकाे देखिएको छ ।
तर, गरिब, निमुखा र सर्वसाधारण नागरिक माथि भने यहाँको सशस्त्र प्रहरीले असुली आतङ्क मच्चाउँदै लाठीचार्ज गर्ने गरेकाे छ ।
जमुनाहमा पछिल्लो समय तस्करी, र असुली एक अर्काका प्रर्यावाची जस्तै बनेका छन । घरायसी सामान ल्याउनेबाट समेत सशस्त्र प्रहरीले चेकजाँचका निहुँमा असुली गर्ने र मागेकाे रकम नदिए लाठी चार्ज मात्रै हाेइन सामान नै जफत गर्ने गरेकाे नागरिकहरु बताउँछन् ।
यसमा नेपाल प्रहरी भन्दा पनि धेरै सशस्त्र प्रहरीले सक्रिय देखिएका छन । शसस्त्र प्रहरीले सामान्य नागरिकबाट ५० रुपैया देखि ५ सयसम्म असुली गर्ने गरेका छन ।
नागरिकमाथि अपशब्द प्रयाेग गर्ने, हातपात गर्नेदृखि चरम दादागिरी मच्चाउँदै असुली गर्ने तर धनी र पहुँचवालेलाई पास नै दिएर तस्करी गर्न सेटिङ्ग मिलाउनेमा जमुनाहका प्रहरी सक्रिय देखिएको खुलेकाे छ । यस विषयमा सशस्त्र प्रहरी बल नेपाल ३० न. गण हेड क्वाटर बागेश्वरी बाँकेका गणपति एसपी शोभाकान्त खनालले पेय पदार्थहरु लगायतलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिए पछी सशस्त्र प्रहरीलाई नागरिकहरुले अबरुद्ध गरेको बताए ।