१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

नेपालगन्ज जमुनाहमा पहुँचवालाई छुट सशस्त्र प्रहरीद्वारा गरिबमाथि लाठीचार्ज

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २८, २०८२

 

बाँके । नेपालगन्ज नेपाल-भारत सीमा जमुनाहमा गरिबलाई रोकावट र धनि तथा पहुँचवालाई पुलिसकै स्कटिङमा तस्करीको समान पास दिने गरेकाे देखिएको छ ।

तर, गरिब, निमुखा र सर्वसाधारण नागरिक माथि भने यहाँको सशस्त्र प्रहरीले असुली आतङ्क मच्चाउँदै लाठीचार्ज गर्ने गरेकाे छ ।

जमुनाहमा पछिल्लो समय तस्करी, र असुली एक अर्काका प्रर्यावाची जस्तै बनेका छन । घरायसी सामान ल्याउनेबाट समेत सशस्त्र प्रहरीले चेकजाँचका निहुँमा असुली गर्ने र मागेकाे रकम नदिए लाठी चार्ज मात्रै हाेइन सामान नै जफत गर्ने गरेकाे नागरिकहरु बताउँछन् ।

यसमा नेपाल प्रहरी भन्दा पनि धेरै सशस्त्र प्रहरीले सक्रिय देखिएका छन । शसस्त्र प्रहरीले सामान्य नागरिकबाट ५० रुपैया देखि ५ सयसम्म असुली गर्ने गरेका छन ।

नागरिकमाथि अपशब्द प्रयाेग गर्ने, हातपात गर्नेदृखि चरम दादागिरी  मच्चाउँदै असुली गर्ने तर धनी र पहुँचवालेलाई पास नै दिएर तस्करी गर्न सेटिङ्ग मिलाउनेमा जमुनाहका प्रहरी सक्रिय देखिएको खुलेकाे छ । यस विषयमा सशस्त्र प्रहरी बल नेपाल ३० न. गण हेड क्वाटर बागेश्वरी बाँकेका गणपति एसपी शोभाकान्त खनालले पेय पदार्थहरु लगायतलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिए पछी सशस्त्र प्रहरीलाई नागरिकहरुले अबरुद्ध गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!