२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

जिल्ला कारागार कैलाली भित्र फेरि कुटाकुटको घटना सार्वजनिक एकजना कैदी घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २८, २०८२

 

धनगढी । जिल्ला कारागार कैलाली भित्र फेरि कुटाकुटको घटना भएको छ । स्रोतका अनुसार शनिबार भएको झगडामा एक जना कैदीको नाकमा चोट लागेको छ ।

लफडाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख एसपी बाल नरसिंह राणा घटनास्थल पुगेका छन् । हाल उनी कारागारमै रहेर कैदी तथा थुनुवाहरूसँग घटनाको विवरण लिँदै अनुसन्धानमा जुटिरहेका छन् ।

हालसम्म झगडामा संलग्न व्यक्तिहरूको पहिचान र विवादको कारण खुलेको छैन। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पनि कारागार पठाइएको छ।

कैलाली जिल्ला कारागारमा यसअघि पनि पटक–पटक यस्ता झडपहरू हुने गरेका छन्, जसले कारागारको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।