०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जिल्ला कारागार कैलाली भित्र फेरि कुटाकुटको घटना सार्वजनिक एकजना कैदी घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २८, २०८२

 

धनगढी । जिल्ला कारागार कैलाली भित्र फेरि कुटाकुटको घटना भएको छ । स्रोतका अनुसार शनिबार भएको झगडामा एक जना कैदीको नाकमा चोट लागेको छ ।

लफडाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख एसपी बाल नरसिंह राणा घटनास्थल पुगेका छन् । हाल उनी कारागारमै रहेर कैदी तथा थुनुवाहरूसँग घटनाको विवरण लिँदै अनुसन्धानमा जुटिरहेका छन् ।

हालसम्म झगडामा संलग्न व्यक्तिहरूको पहिचान र विवादको कारण खुलेको छैन। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पनि कारागार पठाइएको छ।

कैलाली जिल्ला कारागारमा यसअघि पनि पटक–पटक यस्ता झडपहरू हुने गरेका छन्, जसले कारागारको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!