दाङ । तुल्सीपुर जिल्ला प्रहरी कार्यालय दाङका प्र.उ. अर्जुन प्रसाद तिमिल्सिना यस का.मा. पाल्नु भई यस कार्यालय तथा मातहतमा कार्यरत युनिट इन्चार्जहरु र इ.प्र.का. खिलतपुर दाङका इन्चार्ज समेत यस कार्यालयमा उपस्थित भई आ- आफ्नो वडा एरियाहरुमा बर्षातको समयमा बाढी, पहिरो तथा विपदबाट हुने सम्भावित घटनाहरुलाई समयमै सजकता अपनाई स्थानिय निकाय तथा सरोकारवालाहरुसंग समन्वय गरी हुन सक्ने क्षेतिलाई न्युनिकरण गर्न हुन र कुनै पनि विपदका घटना घटेमा उक्त स्थानमा आवश्यक स्रोत साधन सहित छिटो भन्दा छिटो धेरै जनशक्ति खटिन र उद्धार कार्यमा लाग्न हुन समेत निर्देशन दिनु भई यस कार्यालयबाट उद्वार सामाग्री सहित विपद व्यवस्थापनमा खटिने प्रहरी टोलिको निरीक्षण समेत गर्नु भएको ।