०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जय महाकाल युवा समूहले घोराही ३ चौपटामा सरसफाई एवम् फुल रोपण कार्य सम्पन्न,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आषाढ २८, २०८२

दाङ । चौपटास्थित श्री महामृत्युञ्जय गोरखनाथ धाम मन्दिर परिसर र घोराही–लमही सडक अन्तर्गत चौपटा क्षेत्रमा महाकाल युवा समूहको टोलीले सरसफाई गर्नुका साथै मन्दिर परिसर र सडक छेउँमा फुल रोपण गरेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवम् महाकाल युवा समूह घोराहीका सल्लाहकार सविन प्रियासनले फुल रोपण एवम् सरसफाई गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो । महाकाल युवा समूहले गएको हप्ता घोराही–७ उत्तरबाहिनीमा सरसफाई गरेको थियो । हरेक हप्ता सरसफाई अभियान कार्यक्रमको आयोजना गर्ने लक्ष्य महाकाल युवा समूहले बनाएको छ ।

जय महाकाल युवा समूह घोराहीले विगत २७ दिनदेखि घोराहीको गुम्राहचोकमा बिहान र साँझ बटुवाहरुलाई नि:शुल्क खाना खुवाई रहेको छ । जय महाकाल युवा समूह घोराहीका अध्यक्ष श्रीधर गिरी र सचिव केशव गिरीले महाकाल युवा समूहले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्य गरिरहेकाले साथसहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!