०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

लामो समयसम्म भारतीय अभिनेता कोटा श्रीनिवासको ८३ बर्षको उमेरमा निधन,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आषाढ २९, २०८२

 

दक्षिण भारत । हैदराबाद कोटा श्रीनिवासले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए र सन् २०१५ मा पद्मश्रीबाट सम्मानित भएका थिए।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू र तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले कोटा श्रीनिवासको निधनमा दुःख व्यक्त गरेका छन्।

सन अफ सत्यमूर्ति, टेम्पर, येवादुजस्ता प्रसिद्ध फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका लोकप्रिय दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवासको आइतबार निधन भएको छ ।

उनले केही दिनअघि मात्र ८३ औं जन्मदिन मनाएका थिए । उनी लामो समयदेखि बिरामी थिए । उनले आइतबार बिहान हैदराबादको जुबली हिलस्थित आफ्नो बंगलामा अन्तिम सास फेरे ।

उनले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनलाई सन् २०१५ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।

सफल फिल्म करिअर बाहेक उनले राजनीतिमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । सन् १९९९ देखि २००४ सम्म, उनी आन्ध्र प्रदेशको विजयवाडा पूर्वका विधायक थिए ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले भावुक हुँदै लेखेका छन्, ‘प्रख्यात अभिनेता कोटा श्रीनिवास राव गरुको निधनले गहिरो स्तब्ध छु । उनको अनुपस्थिति फिल्म उद्योगको लागि अपूरणीय क्षति हो । कोटा गरु भौतिक रूपमा हामी माझ नरहे पनि, उनले निर्वाह गरेका भूमिकामार्फत उनी तेलुगु जनताको हृदयमा सधैं बाँच्नेछन् । उनको आत्माले शान्ति पाओस् भनी भगवानसँग प्रार्थना गर्दछु । परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!