१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

लामो समयसम्म भारतीय अभिनेता कोटा श्रीनिवासको ८३ बर्षको उमेरमा निधन,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आषाढ २९, २०८२

 

दक्षिण भारत । हैदराबाद कोटा श्रीनिवासले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए र सन् २०१५ मा पद्मश्रीबाट सम्मानित भएका थिए।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू र तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले कोटा श्रीनिवासको निधनमा दुःख व्यक्त गरेका छन्।

सन अफ सत्यमूर्ति, टेम्पर, येवादुजस्ता प्रसिद्ध फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका लोकप्रिय दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवासको आइतबार निधन भएको छ ।

उनले केही दिनअघि मात्र ८३ औं जन्मदिन मनाएका थिए । उनी लामो समयदेखि बिरामी थिए । उनले आइतबार बिहान हैदराबादको जुबली हिलस्थित आफ्नो बंगलामा अन्तिम सास फेरे ।

उनले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनलाई सन् २०१५ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।

सफल फिल्म करिअर बाहेक उनले राजनीतिमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । सन् १९९९ देखि २००४ सम्म, उनी आन्ध्र प्रदेशको विजयवाडा पूर्वका विधायक थिए ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले भावुक हुँदै लेखेका छन्, ‘प्रख्यात अभिनेता कोटा श्रीनिवास राव गरुको निधनले गहिरो स्तब्ध छु । उनको अनुपस्थिति फिल्म उद्योगको लागि अपूरणीय क्षति हो । कोटा गरु भौतिक रूपमा हामी माझ नरहे पनि, उनले निर्वाह गरेका भूमिकामार्फत उनी तेलुगु जनताको हृदयमा सधैं बाँच्नेछन् । उनको आत्माले शान्ति पाओस् भनी भगवानसँग प्रार्थना गर्दछु । परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!