१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सिरहा प्रहरीले ठूलो मात्रामा लागूपदार्थ गाँजासहित एकजना पक्राउ,

Logo
सुरेन्द्र दास प्रकाशित आइतबार, आषाढ २९, २०८२

सिरहा । जिल्लाको औरही गाउँपालिका–५ मलाह टोलका २३ वर्षीय राम उदगार मलाह ठूलो मात्रामा लागूपदार्थ गाँजासहित प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा विशेष अपरेशन चलाउँदै उनलाई पक्राउ गरेको हो। पक्राउको समयमा उनी मोटरसाइकलमा गाँजा बोकेर हिँडिरहेका थिए।

प्रहरीका अनुसार, राम उदगारले चलाइरहेको प्रदेश २–०१–००३ प २१५४ नम्बरको मोटरसाइकलमा लोड गरिएको ७ वटा पोका तौल गर्दा जम्मा २ क्विन्टल १२ किलो ९२५ ग्राम गाँजा फेला परेको हो।

पक्राउ परेका मलाहविरुद्ध जिल्ला अदालत सिरहाबाट म्याद थप अनुमति लिइएको प्रहरीको भनाइ छ। हाल उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विरेन्द्र कुमार पासवानले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!