०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा बाटोमै ज्यान गयो,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ २९, २०८२

एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा बाटोमै ज्यान गयो

उदयपुर । त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा आइतबार बाटोमै ज्यान गएको छ। प्रसूति गराउन जिल्ला असपताल आउने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो।

सुत्केरी व्यथा लागेपनि गिरीलाई ढिलो गरी छिमेकीले जिल्ला असपतालमा प्रसूति गराउन ल्याएका थिए। उनको अस्पताल ल्याउनुअघि नै बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेले जानकारी दिए।

गिरीका आफन्त घरमा कोही नभएको, आठ वर्षीय छोरा मात्र रहेको र श्रीमान् विदेशमा रहेका कारण गाउँलेले ढिला गरी अस्पताल ल्याएका अस्पतालले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!