१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सामाजिक सञ्जालको दुरुपयोग र विकृतिबाट कसरी बच्ने उपायहरु

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ३०, २०८२

काठमाडौं । इन्टरनेट र सूचना प्रविधिको परिष्कृत उत्पादनसँगै अभिभावकत्व प्रदान गर्ने कार्यमा विवेकपूर्ण ब्यवहार गर्नुपर्ने आवश्यकता बढेको छ । बालबालिकाको शारीरिक, मानसिक, सामाजिक स्वास्थ्यसँगै असल नागरिक सिप विकास गर्ने, पालनपोषण, स्याहार सुसार गर्ने, संज्ञानात्मक विकाससँगै विभिन्न प्रकारका यान्त्रिक र नरम सिपहरूको विकास गर्ने, सन्तुलित तरिकाले शारीरिक बृद्धि र मानसिक विकास गर्ने र विशेषगरी बालबालिकालाई भविष्यका लागि तयार गर्ने कार्यमा अभिभावकत्वको भूमिका रहन्छ । यसका लागि सुरक्षित वातावरण, स्रोत सामग्रीको उपलब्धता, निर्देशन एवम् परामर्श र सिकाइका लागि अवसर प्रदान गर्ने मुख्य कार्य अभिभावकको हुन्छ ।

बालबालिकाको आवश्यकता पूरा गर्ने मात्र नभएर उनीहरूमा आत्म पहिचान, प्रकृति र मानववीच स्वस्थ सम्बन्ध स्थापना र संसारलाई आत्मसात गर्ने कार्यमा उत्प्रेरित गर्ने कार्यमा अभिभावकको भूमिका हुन्छ । अचेल ब्यस्त जीवनका कारण अभिभावक जैविक बाबुआमाका साथै शिशु स्याहार केन्द्र, बोर्डिङ वा छात्राबासका वार्डेन वा आयाहरू, पालनपोषण गर्ने नातेदार समेतले अभिभावकत्वको भूमिका खेल्नुपर्छ । परिवर्तित परिस्थिति अनुसार अभिभावकको भूमिका पनि परिवर्तन भएको छ । विगतमा सिमित आवश्यकता पूरा गर्ने र सामाजिक ब्यवहार सिकाए हुने अवस्था थियो भने आजकल विज्ञान एवम् सूचना प्रविधिको विकासका कारण बालबालिकाहरूले ती साधनसँग कार्य गर्नुपर्ने र त्यसका लागि उचित वानी विकासमा अभिभावकको भूमिका अपरिहार्य बनेको छ ।

पछिल्ला वर्षहरूमा सूचना प्रविधि साधनहरूको सेवा, कार्यक्षमता र गुणस्तर अत्यधिक बृद्धि भएको छ । विद्युत, इन्टरनेट र कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका ग्याजेट्हरूको प्रयोग विस्तार भएको छ । हरेक मानिसहरूका लागि प्रविधिको पहुँच र सञ्चालन सिप आधारभूत आवश्यकताका रूपमा पाइएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, शासन, प्रशासन आदि सबै क्षेत्रमा डिजिटल प्रविधिको उपयोग हुने भएकोले यसको पहुँच र प्रयोगमा हरेक मानिसको ध्यान जानु स्वाभाविक हो । इन्टरनेट र ग्याजेट्स् प्राप्त भयो भने हरेक कार्य छिटो, गुणस्तर र सरल तरिकाले सम्पन्न गर्न सकिने भएकोले सवै मानिसहरूले तिनीहरूको प्रयोग बढाउन चाहन्छन् । भनिन्छ– कुनैपनि मानिसले सजिलोसँग हुने कामका लागि दुःख गर्न चाहदैन । तसर्थ सूचना प्रविधिप्रति आकर्षण बढ्नु स्वाभाविक हो ।

इन्टरनेटका माध्यमबाट मोबाइल फोन वा कम्प्युटर वा ट्याबलेट आदिमा विभिन्न सामग्री उपलब्ध हुन्छन् । उदाहरणका लागि नवजात शिशुका लागि समेत ध्यान तान्ने खालका भिडियो गीतहरू पाइन्छन् । कतिपय आमाहरूले यी भिडियो देखाउँदै बच्चालाई खुवाउने गरेको पाइन्छ । बालबालिकाका लागि नर्सरी राइम्स्, जनावर, चरा आदिका क्रियाकलाप छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!