०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सामाजिक सञ्जालको दुरुपयोग र विकृतिबाट कसरी बच्ने उपायहरु

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ३०, २०८२

काठमाडौं । इन्टरनेट र सूचना प्रविधिको परिष्कृत उत्पादनसँगै अभिभावकत्व प्रदान गर्ने कार्यमा विवेकपूर्ण ब्यवहार गर्नुपर्ने आवश्यकता बढेको छ । बालबालिकाको शारीरिक, मानसिक, सामाजिक स्वास्थ्यसँगै असल नागरिक सिप विकास गर्ने, पालनपोषण, स्याहार सुसार गर्ने, संज्ञानात्मक विकाससँगै विभिन्न प्रकारका यान्त्रिक र नरम सिपहरूको विकास गर्ने, सन्तुलित तरिकाले शारीरिक बृद्धि र मानसिक विकास गर्ने र विशेषगरी बालबालिकालाई भविष्यका लागि तयार गर्ने कार्यमा अभिभावकत्वको भूमिका रहन्छ । यसका लागि सुरक्षित वातावरण, स्रोत सामग्रीको उपलब्धता, निर्देशन एवम् परामर्श र सिकाइका लागि अवसर प्रदान गर्ने मुख्य कार्य अभिभावकको हुन्छ ।

बालबालिकाको आवश्यकता पूरा गर्ने मात्र नभएर उनीहरूमा आत्म पहिचान, प्रकृति र मानववीच स्वस्थ सम्बन्ध स्थापना र संसारलाई आत्मसात गर्ने कार्यमा उत्प्रेरित गर्ने कार्यमा अभिभावकको भूमिका हुन्छ । अचेल ब्यस्त जीवनका कारण अभिभावक जैविक बाबुआमाका साथै शिशु स्याहार केन्द्र, बोर्डिङ वा छात्राबासका वार्डेन वा आयाहरू, पालनपोषण गर्ने नातेदार समेतले अभिभावकत्वको भूमिका खेल्नुपर्छ । परिवर्तित परिस्थिति अनुसार अभिभावकको भूमिका पनि परिवर्तन भएको छ । विगतमा सिमित आवश्यकता पूरा गर्ने र सामाजिक ब्यवहार सिकाए हुने अवस्था थियो भने आजकल विज्ञान एवम् सूचना प्रविधिको विकासका कारण बालबालिकाहरूले ती साधनसँग कार्य गर्नुपर्ने र त्यसका लागि उचित वानी विकासमा अभिभावकको भूमिका अपरिहार्य बनेको छ ।

पछिल्ला वर्षहरूमा सूचना प्रविधि साधनहरूको सेवा, कार्यक्षमता र गुणस्तर अत्यधिक बृद्धि भएको छ । विद्युत, इन्टरनेट र कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका ग्याजेट्हरूको प्रयोग विस्तार भएको छ । हरेक मानिसहरूका लागि प्रविधिको पहुँच र सञ्चालन सिप आधारभूत आवश्यकताका रूपमा पाइएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, शासन, प्रशासन आदि सबै क्षेत्रमा डिजिटल प्रविधिको उपयोग हुने भएकोले यसको पहुँच र प्रयोगमा हरेक मानिसको ध्यान जानु स्वाभाविक हो । इन्टरनेट र ग्याजेट्स् प्राप्त भयो भने हरेक कार्य छिटो, गुणस्तर र सरल तरिकाले सम्पन्न गर्न सकिने भएकोले सवै मानिसहरूले तिनीहरूको प्रयोग बढाउन चाहन्छन् । भनिन्छ– कुनैपनि मानिसले सजिलोसँग हुने कामका लागि दुःख गर्न चाहदैन । तसर्थ सूचना प्रविधिप्रति आकर्षण बढ्नु स्वाभाविक हो ।

इन्टरनेटका माध्यमबाट मोबाइल फोन वा कम्प्युटर वा ट्याबलेट आदिमा विभिन्न सामग्री उपलब्ध हुन्छन् । उदाहरणका लागि नवजात शिशुका लागि समेत ध्यान तान्ने खालका भिडियो गीतहरू पाइन्छन् । कतिपय आमाहरूले यी भिडियो देखाउँदै बच्चालाई खुवाउने गरेको पाइन्छ । बालबालिकाका लागि नर्सरी राइम्स्, जनावर, चरा आदिका क्रियाकलाप छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!