०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सिरिया धार्मिक अल्पसङ्ख्यक समुदायबिचको सशस्त्र झडपमा कम्तीमा ३० जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ३०, २०८२

काठमाडौं । दक्षिण सिरियाको स्वेइदा सहरमा बेडुइन सुन्नी जनजाति र ड्रुज धार्मिक अल्पसङ्ख्यक समुदायबिचको सशस्त्र झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सिरियाको आन्तरिक मन्त्रालयका अनुसार झडपमा सय जना मानिस घाइते भएका छन् । तर मानवअधिकार समूहले भने झडपमा परेर कम्तीमा ३७ जना मरेको बताएको छ ।

गएको डिसेम्बरमा असदको शासन पतन भएयता देशभरमा अनेकौँ अल्पसङ्ख्यक समूहबिच झडप भइरहेको छ । नयाँ सरकारले यस्ता घटना नियन्त्रण गर्ने प्रयास गरिरहेको भए पनि स्थितिमा खासै सुधार आउन सकेको छैन ।

गएको वर्षको अन्त्यतिर ह्यात तहरिर–अल–शाम (एचटीएस) नेतृत्वको सुन्नी इस्लामी सशस्त्र समूहले दमस्कस कब्जामा लिएको थियो । यसपछि बशर अल–असद नेतृत्वको सरकार ढलेको थियो ।

झडपमा २७ जना ड्रुज र १० बेडुइन लडाकुहरू सहित ३७ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रहरूबाट धेरै बासिन्दाहरू विस्थापित भएको र केही घरहरूमा आगजनी भएको भनिएको छ ।

स्वेइदाका गभर्नर मुस्तफा अल–बकुरले सबै पक्षलाई संयम अपनाउन र राष्ट्रिय सुधारको आह्वानमा प्रतिक्रिया जनाउन आग्रह गरेका छन् । ड्रुज धार्मिक नेताहरूले पनि हिंसा रोक्न र शान्ति कायम गर्न आह्वान गरेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!