१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सिरिया धार्मिक अल्पसङ्ख्यक समुदायबिचको सशस्त्र झडपमा कम्तीमा ३० जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ३०, २०८२

काठमाडौं । दक्षिण सिरियाको स्वेइदा सहरमा बेडुइन सुन्नी जनजाति र ड्रुज धार्मिक अल्पसङ्ख्यक समुदायबिचको सशस्त्र झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सिरियाको आन्तरिक मन्त्रालयका अनुसार झडपमा सय जना मानिस घाइते भएका छन् । तर मानवअधिकार समूहले भने झडपमा परेर कम्तीमा ३७ जना मरेको बताएको छ ।

गएको डिसेम्बरमा असदको शासन पतन भएयता देशभरमा अनेकौँ अल्पसङ्ख्यक समूहबिच झडप भइरहेको छ । नयाँ सरकारले यस्ता घटना नियन्त्रण गर्ने प्रयास गरिरहेको भए पनि स्थितिमा खासै सुधार आउन सकेको छैन ।

गएको वर्षको अन्त्यतिर ह्यात तहरिर–अल–शाम (एचटीएस) नेतृत्वको सुन्नी इस्लामी सशस्त्र समूहले दमस्कस कब्जामा लिएको थियो । यसपछि बशर अल–असद नेतृत्वको सरकार ढलेको थियो ।

झडपमा २७ जना ड्रुज र १० बेडुइन लडाकुहरू सहित ३७ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रहरूबाट धेरै बासिन्दाहरू विस्थापित भएको र केही घरहरूमा आगजनी भएको भनिएको छ ।

स्वेइदाका गभर्नर मुस्तफा अल–बकुरले सबै पक्षलाई संयम अपनाउन र राष्ट्रिय सुधारको आह्वानमा प्रतिक्रिया जनाउन आग्रह गरेका छन् । ड्रुज धार्मिक नेताहरूले पनि हिंसा रोक्न र शान्ति कायम गर्न आह्वान गरेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!