०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

ललितपुर प्रहरीले जुवा खेल्ने ११ जनासहित ५ लाख रुपैयाँ भन्दा धेरै पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ३०, २०८२

काठमाडौं । ललितपुर जिल्ला ललितपुर म.न.पा.वडा नं.१६ कोणवहाल स्थित प्रेम महर्जनको घरको तेश्रो तल्लामा प्रेम महर्जन समेत निम्न ११ जना मानिसहरुले जुवा (कौडा) खेलिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा तत्काल यस कार्यालयवाट प्रहरी टोली खटी गई उक्त स्थानमा रितपुर्वक खानतलासी गर्दा आ-आफ्नो अगाडी रकम राखी रकमको हारजित हुने गरी जुवा (कौडा) खेली रहेको अवस्थामा फेला पारी निजहरुलाई खानतलासी पुर्जी दिई उल्लेखित स्थानमा रहेका कौडा र नगद रु. ५,१९,९००।-(अक्षेरुपी पाँच लाख उन्नाईस हजार नौं सय रुपैया) समेत वरामद गरिएको ।
निम्न:-
1. मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ६ घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १६ कोनवहाल बस्ने वर्ष ५२ को प्रेम महर्जन (घर धनी)
2. ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ४ ईमाडोल बस्ने वर्ष ४८ को रबिन्द्र दहाल
3. ललितपुर जिल्ला म.न.पा. वडा नं. ८ बस्ने वर्ष ४७ को शंखर माली
4. ललितपुर जिल्ला म.न.पा. वडा नं. ११ बस्ने वर्ष ६९ को चौठीमुनी बज्राचार्य
5. खोटाङ जिल्ला केपिलाशगढी गाउँपालिका वडा नं. १ घर भई हाल ललितपुर जिल्ला म.न.पा. वडा नं. ४ एकान्तकुना बस्ने वर्ष २२ को पुर्वा शेर्पा
6. दोलखा जिल्ला बैतेश्वर गा.पा. वडा नं. १ घर भई हाल ललितपुर जिल्ला म.न.पा. वडा नं. २५ भैसेपाटी बस्ने वर्ष ३६ को कल्याण तामाङ
7. काभ्रेपालाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. ५ घर भई हाल काठमाण्डौ जिल्ला गोकर्णेश्वर न.पा. ५ बस्ने वर्ष ४५ को केशव नेपाल
8. चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १५ घर भई हाल ललितपुर जिल्ला म.न.पा. वडा नं. १७ ग्वार्को बस्ने वर्ष ५० को विर बहादुर वाईवा
9. ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ५६ दिलेक बज्राचार्य
10. काठमाण्डौ जिल्ला गोकर्णेश्वर न.पा. ५ बस्ने वर्ष ५१ को गोकुल प्रसाद चौलागाई
11. काठमाण्डौ जिल्ला बुढानिलकाण्ठ नगरपालिका वडा नं. ११ बस्ने वर्ष ४८ की लक्ष्मी सुब्बा ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!