०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ तुलसीपुरका टेकबहादुर हमाललाई हत्याको कसुरमा आजीवन कारावास आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ३१, २०८२

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले ०८० असोज ६ गते लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेका थिए । घरमै काम गरिरहेका बेला हमालले खुकुरी प्रहार गरेका थिए ।
प्रहरीले हमाललाई असोज ६ गते घरबाटै पक्राउ गरी कार्तिक १२ गते कर्तव्य ज्यानसम्वन्धी मुद्दा चलाएको थियो । अदालतले कार्तिक १३ गते पुर्पक्षका लाग कारागार पठाइएका हमाल अब जीवनभर कारागार बस्नुपर्नेछ ।

उनले ०८० असोज ६ गतेकै दिन तुलसीपुर उमनपा–११ कै ६५ वर्षीया कमलाकुमारी हमाललाई पनि खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । बारीमा काम गरिरहेका बेला खुकुरी प्रहार गर्दा हमालको टाउकोमा गम्भीर चोट लागेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!