०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सुर्खेत प्रहरीले ठूलो मात्रामा नक्कली नोट र लागूऔषध अफिमसहित पाँच जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ३२, २०८२

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एकैसाथ नक्कली नोट कारोबार तथा लागुऔषध कारोबारमा संलग्नहरूलाई पक्राउ गर्दै ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली, ३८ वर्षीय प्रेमबहादुर बिक र बाँके कोहलपुर नगरपालिका–११ मा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन्।

प्रहरीले दिएको जानकारीअनुसार, असार ३० गते दिउँसो १:३० बजे वीरेन्द्रनगर–१० शान्तिटोलबाट ठकुरीलाई ६ थान हजार दरका नक्कली नोटसहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा सोही दिन साँझ रामबहादुर सिंह र ठकुरीको डेराबाट थप १२ लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोटहरू फेला पारिएको प्रहरीको भनाइ छ।

त्यसैगरी, असार ३० गते राति थप अनुसन्धानको क्रममा भेरीगंगा–१२ ठकुरीटोलमा डेरा गरी बस्ने कृष्णबहादुर वली र प्रेमबहादुर बिकलाई पक्राउ गरी खानतलासी गर्दा उनीहरूको साथबाट ११ पोका गिलो पदार्थ (अफिम जस्तो देखिने) गरी कुल ११ किलो ३७२ ग्राम लागुऔषध बरामद गरिएको प्रहरीको दाबी छ।

असार ३१ गते बिहान ८:३० बजे लागुऔषध तथा नक्कली नोट सम्बन्धी अनुसन्धानका क्रममा कोहलपुर नगरपालिका–११ स्थित न्युरोडमा रहेको मनबहादुर सहकारीको मिडिया कार्यालय तथा बसोबास गरिरहेको कोठाबाट प्रहरीले थप ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट, १९ किलो ३०० ग्राम लागुऔषध, नोट बनाउने क्यानन प्रिन्टर, कम्प्युटर सेट, क्यामेरा, कार्ड डिटर, चिप्स मेमोरीजस्ता सामग्रीहरू समेत फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार, पक्राउ परेकामाथि लागुऔषध तथा मुद्रा अपचलन सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!