१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

दाङ ट्राफिक प्रमुख बमको एक्सन मोडिफाइ गरेर साइलेंसर पड्काउने ९२ वटा मोटरसाइकल कार्वाही,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ३२, २०८२

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङमा ३ वर्षको अवधिमा सवारी दुर्घटनामा परेर २ सय बढीको अकालमा ज्यान गएको छ । ७ सय ११ वटा विभिन्न सवारी दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु भएको हो । त्यसैगरी दुर्घटनामा परेर ६ सय ३७ जना गम्भिर घाइते भएक थिए भने ५६३ जना सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर दाङ जिल्ला ट्राफिक प्रमुख उपेन्द्र बहादुर बमले आर्थिक वर्ष २०७९र०८० मा १ सय ४८ , आव २०८०र०८१ मा २०३ र आर्थिक वर्ष २०८१र०८२ मा ३६० वटा सवारी दुर्घटना भएको जानकारी दिनुभयो ।

जसमध्ये सबै भन्दा धेरै १ सय १ वटा सवारी दुर्घटना तुलसीपुरमा भएका छन् ।  घोराहीमा ८६, लमीमा ७४, राप्तीमा ४५, बबईमा ९, शान्तिनगरमा ८, बंगलाचुलीमा २१, गढवामा १९, राजपुमरा ३१ र दंगीशरणमा १३ वटा सवारी दुर्घटना भएका छन् । सबैभन्दा कम दुर्घटना हुने पालिकामा शान्तिनगर गाउँपालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांक रहेको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक बमले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!