०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ ट्राफिक प्रमुख बमको एक्सन मोडिफाइ गरेर साइलेंसर पड्काउने ९२ वटा मोटरसाइकल कार्वाही,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ३२, २०८२

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङमा ३ वर्षको अवधिमा सवारी दुर्घटनामा परेर २ सय बढीको अकालमा ज्यान गएको छ । ७ सय ११ वटा विभिन्न सवारी दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु भएको हो । त्यसैगरी दुर्घटनामा परेर ६ सय ३७ जना गम्भिर घाइते भएक थिए भने ५६३ जना सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर दाङ जिल्ला ट्राफिक प्रमुख उपेन्द्र बहादुर बमले आर्थिक वर्ष २०७९र०८० मा १ सय ४८ , आव २०८०र०८१ मा २०३ र आर्थिक वर्ष २०८१र०८२ मा ३६० वटा सवारी दुर्घटना भएको जानकारी दिनुभयो ।

जसमध्ये सबै भन्दा धेरै १ सय १ वटा सवारी दुर्घटना तुलसीपुरमा भएका छन् ।  घोराहीमा ८६, लमीमा ७४, राप्तीमा ४५, बबईमा ९, शान्तिनगरमा ८, बंगलाचुलीमा २१, गढवामा १९, राजपुमरा ३१ र दंगीशरणमा १३ वटा सवारी दुर्घटना भएका छन् । सबैभन्दा कम दुर्घटना हुने पालिकामा शान्तिनगर गाउँपालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांक रहेको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक बमले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!