०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश प्रहरीलाई विपद् व्यवस्थापन गर्न अत्याधुनिक उपकरणहरू हस्तान्तरण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ३२, २०८२

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापन, सडक सुरक्षा र अपराध नियन्त्रणमा प्रविधिमैत्री क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरीलाई अत्याधुनिक उपकरणहरू हस्तान्तरण गरेको छ। दाङ उपत्यका देउखुरी मा आयोजित कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन।

प्रहरीलाई हस्तान्तरण गरिएको सामग्रीहरु

(१)४ थान कृत्रिम बुद्धिमत्ता एआई क्यामेरा

(२)४ थान नम्बर प्लेट चिन्ने क्यामेरा

(३) २ थान मोनिटर,

(४)२ थान फाइबर मोड्युल स्विच

(५)४ थान फलामका पोल

(६)रातको समयमा दृश्य स्पष्ट देखिने ४ थान बत्ती,

(७)१ हजार मिटर अप्टिकल फाइबर

(८)२ थान पोल यु।पी।एस

(९)४ थान इन्टरनेट चलाउन सहयोग गर्ने पिओई स्विच

(१०)१ थान केन्द्रीय निगरानी तथा भिडियो व्यवस्थापन सफ्टवेयर प्रदान गरिएको हो।

(११)२ थान ब्याट्रीसहित युपीएससहित

सुरक्षाको थप मजबूतीका लागि प्रयोग गरिने

(१)२ थान ड्रोन क्यामेरा,२६५ जीबीको एसडी कार्ड समेत

(२)२ थान वाकथ्रु गेट

(३)२ थान एभीआर

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री अग्रवालले प्रविधिको प्रयोगमार्फत सुरक्षामा दक्षता र प्रभावकारिता बढाउने उद्देश्यले यस्ता उपकरणहरू उपलब्ध गराइएको जानकारी दिए।यस्तै मन्त्रालयमा आयाेजित अर्काे कार्यक्रम मनसुन पुर्व तयारी तथा प्रतिकार्य याेजना २०८२ माननीय मन्त्री ज्युकाे अध्यक्षतामा सम्पन्न भयाे,साे कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव ,सबै मन्त्रालयका सचिवहरु,सुरक्षा निकायका प्रमुखहरु,पालिका महासंघका प्रतिनिधि र सराेकारवाला पक्षकाे उपस्थिति थियाे,माननीय मन्त्री ज्युले मनसुनजन्य विपदबाट धनजनकाे क्षति हुन नदिन सुरक्षा निकाय लाई निर्देशन तथा अन्य सराेकारवाला पक्ष लाई पनि आ-आफ्नो तवरबाट सहयाेग गर्न  र  अनुराेध  गरेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!