०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

वीरगञ्जको सिर्सिया स्थित सुक्खा बन्दरगाह भन्सार र वीरगञ्ज भन्सार कार्यालय गाभियो

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, साउन ०१, २०८२

 

पर्सा । बिरगंज सङ्घीय सरकारको निर्णयअनुसार साउन १ गतेदेखि दुई भन्सार कार्यालय एकीकृत गरी वीरगञ्ज भन्सार कार्यालयको नाममा सेवा प्रवाह सुरु भएको छ । यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लाबेग्लै संरचनाका रूपमा सञ्चालित थिए ।

आईसीपीबाट मालवाहक सवारीसाधनमार्फत वैदेशिक व्यापारअन्तर्गत वस्तु आयात-निर्यात हुँदै आएको थियो भने सुक्खा बन्दरगाह भन्सार कार्यालयले रेल्वे र्‍याकमार्फत सामान आयात-निर्यातको काम गर्दै आएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले मन्त्रिपरिषद्को २०७६ पुसको निर्णय कार्यान्वयन गर्दै दुवै भन्सार कार्यालयलाई एकीकृत गरिएको जानकारी दिए । “एउटै नाकामा तीन वटा भन्सार सञ्चालनको आवश्यकता नरहेको ठहर गर्दै सरकारले सुक्खा बन्दरगाहलाई वीरगञ्ज भन्सार मातहत ल्याउने र मितेरी पुल–रक्सौल नाकालाई यात्रु शाखामा सीमित गर्ने नीति लिएको छ,” उनले भने ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले भन्सार विभागको पत्राचारअनुसार साउन १ गतेदेखि सुक्खा बन्दरगाह भन्सार खारेज गरी आईसीपीबाट एकीकृत सेवा प्रवाह सुरु भएको बताए । “वैदेशिक व्यापारलाई थप सहज बनाउन दुवै भन्सारलाई गाभिएको हो,” उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!