०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

रुपन्देही प्रहरीद्वारा १२ करोड बढीको अवैध सामान बरामद, ११३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन ०१, २०८२

 

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८१÷०८२ मा भन्सार छली तथा अवैध चोरी निकासी नियन्त्रणमा ऐतिहासिक सफलता हात पारेको छ । प्रहरीले यस अवधिमा १२ करोड ६७ लाख ७१ हजार ७७९ रुपैयाँ बराबरको अवैध सामान बरामद गर्नुका साथै तस्करीमा संलग्न ११३ जनालाई पक्राउ गरेको छ । यो सफलताले सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणमा प्रहरीको सक्रियतालाई पुष्टि गरेको सरोकारवालको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीका अनुसार, कार्यालय तथा मातहतका प्रहरी इकाईहरूबाट खटिएको विशेष टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउन लागेको समानहरु बरामद गरेको हो ।  बरामद गरिएका सामानहरूमा पशुपंक्षी देखि किराना, विद्युतीय सामग्री, कपडा, र अन्य घरायसी सामग्रीहरू रहेका छन् ।

यस बृहत कारबाहीको क्रममा प्रहरीले तस्करीमा प्रयोग भएका ३३१ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ । जसमा ३०२ वटा मोटरसाइकल, ८ वटा ट्रक, १७ वटा पिकअप, ३ वटा अटो रिक्सा र एउटा ट्याक्टर रहेका छन् ।

एसपी क्षेत्रीले बरामद गरिएका सम्पूर्ण सामान, पक्राउ परेका व्यक्तिहरू र नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, पशु क्वारेन्टाइन चेकपोस्ट बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जानकारी दिए  ।

भन्सार छली नियन्त्रणका साथै जिल्लाको समग्र शान्ति सुरक्षा र अपराध नियन्त्रणमा पनि रुपन्देही प्रहरीले उल्लेखनीय प्रगति गरेको छ । चालु आर्थिक वर्षमा जिल्लाभर कूल १७०७ वटा मुद्दा दर्ता भएकोमा ११४५ वटा मुद्दा फस्र्यौट भइसकेको छ भने ५६२ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेका छन् । यो तथ्याङ्कले प्रहरीको मुद्दा फस्र्यौट दर प्रभावकारी रहेको देखाउँछ ।

गत वैशाखमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नेतृत्व सम्हालेका एसपी क्षेत्रीको आगमनसँगै सीमा क्षेत्रमा हुने अवैध कारोबार र अपराध नियन्त्रणमा प्रहरीले आक्रामक रणनीति अपनाएको स्थानीयले बताएका छन् । प्रहरीको यस सक्रियताले जिल्लामा राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पार्ने र आपराधिक गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!