०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

वर्षा नहुँदा पश्चिम नवलपरासीमा रोपेको धान खेतमा सुक्न र माटो फाट्न थाल्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन ०१, २०८२

 

पश्चिम् नवलपरासी । पर्याप्त सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दे आएका किसानहरू अहिले धान रोपेको खेत सुख्खा भएपछि चिन्तित बनेका छन् । अधिकांश स्थानमा अहिले खेतमा चिरा परेको छ भने भर्खर रोपेको धान पहेँलिन थालेको छ ।

वर्षा नहुँदा धानको वृद्धि विकासमा असर पर्ने र गाँज हाल्न नसक्दा उत्पादन कम हुने जोखिम रहेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख रविन्द्रनाथ चौवेले बताए । खेत सुख्खा हुँदा धेरै झारपात उम्रने र धान बालीलाई असर गर्ने सम्भावना समेत हुन्छ । ‘पानी नपर्दा खेत सुख्खा भएको छ, अझै समय त छ तर बाली पहेँलिन थालेकाले तत्कालै पानी नपरे धान खेतीमा ठुलो क्षति हुन सक्छ, प्रमुख चौवेले भने ।’

जिल्लामा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा अहिले सम्म ९० प्रतिशत रोपाइँ सकिएको छ । धान रोप्न बाँकी भएका किसान पनि खेतमा तयार भएको ब्याड सुक्न थालेपछि चिन्तित भएका छन् । सुनवल–२ का कृषक हरिलाल गुप्ताले दुई बिगाहा खेतमा धान रोप्न बाँकी रहेको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कुलो व्यवस्थापन गरिदिएका कारण गाउँमा केही स्थानमा रोपाइ भएको भए पनि पानी नपर्दा कुलोमा पनि पानी सुक्न थालेको गुप्ताले बताए । किसानहरूले खाल्डाखुल्डीमा जमेको पानी तानेर रोपाइँ गरेको भए पनि पर्याप्त वर्षा नहुँदा रोपेको धान सुक्दै गएको छ ।

पश्चिम नवलपरासी सहित तराईका जिल्लामा केही दिन देखि चर्को घाम लागेको छ । जिल्लामा तिनै तहका सरकारले सिँचाइ पूर्वाधार निर्माण गरेको भए पनि त्यो पर्याप्त हुन सकेको छैन । जिल्लामा अझै आधा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको अभाव छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!