०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

शनिबार तपाईंको राशिफल

Logo
ABC-Sanchar प्रकाशित शनिबार, साउन ०३, २०८२

मेष-काममा ढिलाइ र अलमल देखिए पनि पारिवारिक आत्मीयता बढ्नेछ। मन कमजोर नबनाउनुहोस्, सन्तुलित निर्णय गर्नु उपयुक्त हुनेछ। घरको वातावारण सकारात्मक बन्ने संकेत छ।

वृष-नयाँ काम सुरु गर्न अनुकूल समय छ। व्यापार, लेनदेन र योजनामा प्रगति हुनेछ। मित्र वा जीवनसाथीको साथ मिल्न सक्छ। यात्राबाट पनि लाभ मिल्ने सम्भावना छ।

मिथुन-धन लाभको संकेत देखिए पनि खर्च पनि उत्तिकै हुन सक्छ। भावनामा बग्नु भन्दा यथार्थ सोच्नु उपयुक्त हुनेछ। अध्ययन, लेखन वा कलामा रुचि बढ्नेछ।

कर्कट-पारिवारिक छलफल वा घरको काममा समय जान सक्छ। आत्ममूल्यांकनको आवश्यकता देखिन्छ। मनमा चञ्चलता आउन सक्छ, तर संयम राख्दा राम्रो हुनेछ।

सिंह-सामाजिक सम्मान, सृजनशील कार्य र बोलिचालिमा सुधार आउने दिन हो। प्रेममा उत्साह आउनेछ। भाइबहिनी वा सहकर्मीको सहयोग पाइनेछ।

कन्या-धेरै दिनदेखिका समस्याहरू क्रमशः हल हुँदै जानेछन्। आर्थिक लाभ, सानोतिनो किनमेल वा परिवारसँग रमाइलो समय बिताउने संकेत देखिन्छ।

तुला-आफ्नै राशिमा चन्द्रमा भएकाले आत्मबल बढ्नेछ। नयाँ योजना सुरु गर्न सकिने समय हो। बोलीमा मिठास ल्याउनु लाभदायक हुनेछ। आत्मविश्वास बढ्नेछ।

वृश्चिक-भित्री कुरा अरुलाई भन्नु ठीक नहोला। मानसिक अस्थिरता हुनसक्छ, तर संयम राख्दा फाइदा हुनेछ। आराम र ध्यान आवश्यक देखिन्छ।

धनु-मित्रताको वातावरण सुदृढ बन्नेछ। समूहमा काम गर्दा सफलता मिल्नेछ। भविष्यप्रति आशा जाग्नेछ। अध्ययन वा अनुसन्धानमा मन जानेछ।

मकर-पद, प्रतिष्ठा र जिम्मेवारीमा वृद्धि हुने दिन हो। कुनै सम्मान वा अवसर पाउन सकिने समय हो। लक्ष्यप्रति समर्पित भइ कार्य गर्नु लाभदायक हुनेछ।

कुम्भ-बौद्धिक चिन्तन, दर्शन र अध्यात्ममा मन जानेछ। यात्राको योग पनि देखिन्छ। प्रेम सम्बन्धमा सुधार र समझदारी बढ्नेछ।

मीन-खर्च बढ्ने सम्भावना छ, ऋण वा साझेदारीमा विशेष ध्यान दिनु पर्नेछ। भावना र व्यवहारमा सन्तुलन कायम राख्नु बुद्धिमानी हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!