१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

नेपाल प्रहरीको लामो समयदेखि रोकिएको एसएसपीको बढुवा बेलुका निकाल्ने तयारी

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन ०४, २०८२

काठमाडौं । बढुवा समितिका अध्यक्ष सचिव गोकर्णमणि दुवाडी र सदस्यसचिव एआइजी दानबहादुर कार्की सोमबारदेखि भारत भ्रमणमा जाने भएकाले सकेसम्म आज नत्र सोमबार बिहान निकाल्ने तयारी भइरहेको छ।

७ साउनभित्र बढुवा सिफारिस गरिसक्नुपर्ने कानूनी बाध्यता छ।

बढुवाका ११ पदमा ३३ एसपीबिच प्रतिस्पर्धा छ। प्रहरीको एमटीतर्फ रिक्त रहेको एसएसपी पदलाई पनि स्थानान्तरण गरेर बढुवा निकाल्ने सम्भावना छ।

जेष्ठताका आधारमा विमल बस्नेत र प्रकाश रानाभाट सबैभन्दा अगाडि छन्। त्यसपछि कमल थापा, तुलबहादुर कार्की, राकेश सिंह, राजिब कुमार बस्नेत, दिपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्र फुयाल, दिपेन्द्र शाही, रामप्रकाश शाह, प्रबिण धिताल, दयानिधी ज्ञवाली, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल र सुरेशराज काफ्ले अगाडि छन्।

त्यस्तै, अमरेन्द्र सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिमल्सिना र रमेश पण्डित पनि बढुवाका दाबेदार छन्।

जुनियर रहेका जनकबहादुर शाही, चक्रराज जोशी, श्यामसिंह चौधरी, पदमबहादुर बिष्ट र योगेन्द्रसिंह थापालाई बढुवा गर्न गृहमन्त्री रमेश लेखकले दबाब दिएपछि बढुवा लम्बिएको हो ।

सात एसपी र डिएसपीमा पनि गृहसचिव भारत जानुअघि नै सिफारिसको तयारी छ। गृह मन्त्रालयमा बढुवाका लागि आइतबार बैठक बसेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!