१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

मधेश प्रदेश डिआईजी उमा प्रसाद चतुर्बेदीद्धारा virtual माध्यमबाट प्रहरी प्रमुखहरुलाई निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन ०४, २०८२

मधेश प्रदेश डिआईजी उमा प्रसाद चतुर्बेदीद्धारा virtual माध्यमबाट प्रहरी प्रमुखहरुलाई निर्देशन

जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुखज्यूबाट मधेश प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर (सम्पर्क कार्यालय राजविराज), नेपाल प्रहरी प्रदेश कार्यालय, विरगंज (हाल जनकपुर), नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, धनुषाका गण प्रमुख, मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषाका गण प्रमुख, सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु, ईलाका प्रहरी कार्यालयहरु, मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म, विरगंज, नेपाल प्रहरी स्कुल जिंगडिया, रौतहटका प्रमुखहरुलाई वर्तमान शान्ति सुरक्षाको अवस्थालाई मध्य नजर गर्दै आफ्नो मातहत समेतका इकाईहरुको काम कारवाहीको अवस्थाको सुपरिवेक्षण, प्रहरी आचरण तथा अनुशासन र शान्ति सुरक्षालाई चुस्त दुरुस्त रुपमा कायम राख्न, गैर व्यवसायिक प्रहरी कर्मचारीहरुलाई दण्डित गरी तत्काल विभागीय कारवाही, लागु औषध ओसार पसार नियन्त्रण, कार्य सम्पादन सम्झौता बमोजिम गर्नु पर्ने कार्य, सवारी दुर्घटना न्यूनीकरण, सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण, आन्तरिक शुद्धीकरण तथा प्रहरी कर्मचारीहरूको उत्प्रेरणा अभिवृद्धि लगायत विषयहरुको अवस्थालाई समिक्षा गर्दै थप प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशन दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!