२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके ट्राफिकले एक बर्षमा सवा ३ करोड रुपैयाँ बढीको राजश्व संकलन ३७ हजार ४३५ सवारी साधन कारबाही,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन ०४, २०८२

बाँके । गत साउनदेखि असार मसान्तसम्ममा बाँकेभर गरिएको कारबाहीमा ३ करोड २६ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

ट्राफिक प्रमुख पन्तका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका ३७ हजार ४३५  सवारी साधनलाई कारबाही गरिएको हो ।  जस अन्तर्गत ४२ सय ८८ ट्रक- टिपर, ८४ सय ३९ वटा बस तथा मिनी बस, ६५ सय ५५ जिप, १४ हजार ५०२ मोटरसाइकल र १२ सय १८ वटा ट्याक्टरलाई कारबाही गरिएको छ ।

ट्रक -टिपरलाई गरिएको कारबाहीमा ४२ लाख ६२ हजार रुपैयाँ, बसतर्फ ८६ लाख १७ हजार, जिपबाट ५३ लाख ९२ हजार, मोटरसाइकलबाट ९५ लाख १ हजार र ट्याक्टरतर्फबाट ९ लाख ८४ हजार ५ सय रुपैयाँ र टेम्पो लगायतबाट १५ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरिएको पन्तले जानकारी दिए ।

यस्तै जिल्लाभरमा भएका ८ सय ५२ वटा सवारी दुर्घटनामा ७० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ५५ जना पुरुष, १० महिला, ४ बालक र एक बालिकाको मृत्यु भएको हो । प्रहरी निरीक्षक पन्तले दिएको जानकारी अनुसार १०२ जना पुरुष, २० महिला, १६ बालक र ४ बालिका गम्भीर घाइते हुँदा ४९७ जना पुरुष, १७६ महिला र ७० बालक तथा ४१ जना बालिका सामान्य घाइते भएका छन् ।

आ.व. ०८१-०८२ को अन्तिमसम्ममा चौपायातर्फ भएका ५७७ दुर्घटनामा २२ चौपायाको मृत्यु हुँदा ७ चौपाया घाइते भएका छन् ।  त्यस अवधिमा सबैभन्दा बढी ४८५ वटा मोटरसाइकल दुर्घटनामा परेको प्रहरी निरीक्षक पन्तले बताए ।

ट्राफिक प्रहरीले एक वर्षको दौरानमा २५ सय ५५ पटक ट्राफिक सचेतना कार्यक्रम गरेकोमा २ लाख ३२ हजार १८७ जना सर्वसाधारण लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पन्तले जानकारी दिए ।

लाखौं सर्वसाधारणलाई ट्राफिक सचेतना कक्षा दिँदै गर्दा जिल्लाका विभिन्न  स्थानमा नागरिक सुनुवाई कार्यक्रम गरिएको थियो भने सवारी साधनको मेकानिकल जाँच लगायत चालक तथा सहचालकका लागि आँखा शिविर समेत गरिएको पन्तले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!